ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहीवार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना , सतर्कता अपनाउन आग्रह


एबीसी न्यूज
१७ पुस २०७६, बिहिबार   १० : ४८   बजे

काठमाडौं, १७ पुस । देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा सोमबार रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार यही प्रणालीका कारण मंगलबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली विहिवारबेलुकीसम्म अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमासमेत भारी हिमपात हुने उहाँले बताउनुभयो ।

यो प्रणालीका कारण विहिवार र शुक्रवार देशैभरी बदली भई तापक्रम घट्ने र देशैभरी चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताउनुभयो ।

यस्तै, यही प्रणालीका कारण आउँदो बिहीवार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १७ गते

दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु९भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।

पौष १८ गते

दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

पौष १९ गते

दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीको राहत व्यवस्थापनमा संघीय सरकार असफल : कांग्रेस मुख्य सचेतक थापा

पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बन्यो, आयुषको देवघाटमा अन्त्येष्टि

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu