ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुषि उत्पादन मुखि देश बनाउन सम्बन्धित मन्त्रालय नै बढी जिम्मेवार (भिडियोसहित)


admin
१७ पुस २०७६, बिहिबार   १ : ३२   बजे

काठमाडौं, १७ पुस । सरकारले तरकारी तथा फलफुल उपजमा मुलुकलाई आत्मनिर्भर बनाउने भनेको छ । तर नेपालमा भने वर्षेनि निर्यात भन्दा अयात बढ्दो छ । एक दशक अगाडी आलु उत्पादन क्षेत्रमा मनग्य नाफा गर्ने मुलक अहिले अयातको भरमा छ , जसले मुलकको अर्थतन्त्रमा ठुलो असर गरेको भए पनि सरोकार वाला निकाय भने काम भन्दा कुरामा नै सिमित देखिन्छन् । हरेक भान्साका लागी आलु तरकारीको राजा हो । संसारका १ सय २५ भन्दा वढि देशमा आलु उत्पादन हुने गरेको छ । अधिकासं देशहरुमा तरकारीका परिकारमा आलुको प्रयोग गरिन्छ । आलुलाई सर्वमान्य तरकारी वालीका रुपमा मात्र हैन यसका विभिन्न वहुआयमिक परिकारहरु वनाउन सकिन्छ । नेपालमा आर्थिक वर्ष २०७४ ⁄ ७५ करिब १ लाख ९७ हजार ३७ हेक्टर क्षेत्रफलमा आलु खेती हुन्छ । वार्षिक करिब २५ लाख ८६ हजार २ सय ८७ मेट्रिक टन आलु उत्पादन हुने कृषि विभागल जनाएका छ ।

अघिल्ला वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन । अघिल्ला वर्षहरुमा २ लाख ५ हजार ७ सय २५ हेक्टरमा २८ लाख १७ हजार ५ सय १२ मेट्रिक टन आलु उत्पादन भएको थियो । यो तथ्यांकले आलु उत्पादन घटेको देखाउंछ । उत्पादन घटे सगै मुलुकमा बार्षिक करिब ४० करोड रुपैयांको आलु चिप्स आयात हुन्छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड रुपैयाको आलु आयात भएको राष्टिय आलु तरकारी तथा मसलाबारी विकासका केन्द्रका प्रमुख कमल गैरे बताउन्छन् । नेपालमा आलुका लागी अनुसन्धान गर्ने थालेको १९६२ बाट सुरु भएपनि आधिकारीरुपमा १९७२ बाट सुरु भएको हो । कृषकको उत्पादनलाई बजार सम्म सहज र सुलर्भ तरिकाले पु¥याउने भौतिक पूर्वाधारको निमार्ण र कृषकहरुका उत्पादनले बजार पाउन सकेको खण्डमा नेपालको तरकारीमा आत्म निर्भर बन्न सक्छ । आलु खेतिमा लागेका किसानलाई सिप मुलक तालिम, नेपालको माटो सुहाउदो योग्य बिउ बिजन समयमै नपाउदा कृषि क्षेत्रको उत्पादन दिन प्रतिदिन खस्कदो स्थितिमा रहको छ ।

आलु उत्पादनमा वुद्धि गर्न र मुलुकलाई आत्मनिर्भर बनाउन आलु व्यवस्थापन गर्न आवश्यक हुन्छ । आलुको बजारको व्यस्थापन तथा मूल्यमा अस्थिरता, स्थानिय वजारको अभावजस्ता समस्या आलु उत्पादन किसानहरुले भोग्दै आएको बताउछन् । नेपाललाई आलु उत्पादनमा आत्मनिर्भ बनाउन आवश्यक छ , तर उत्पादनलाई बजार र बजारलाई कृषक सम्म जोड्न सकेको खण्डमा नेपालको कृषिक्षेत्रमा परिर्वतन आउन सक्छ। तसर्थ राज्यले कृषककालागि चाहिने मल , वीउ र सिचाईका लागि पूर्वाधार तय गर्न सकेको खण्डमा मुलुक कृषिक्षेत्रमा आत्म निर्भर बन्न सक्छ । यसका लागि राज्यले किसान केन्द्रीत नीतिगत निर्णय गर्न र कुषि उत्पादन मुखि देश बनाउन सम्बन्धित मन्त्रालय नै बढी जिम्मेवार बन्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group