ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हलो बोकेर कांग्रेसको भलो नहुने प्रचण्डको उद्घोष


एबीसी न्यूज
१ मंसिर २०७४, शुक्रबार   ३ : २३   बजे

चितवन १ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई भ्रमित गर्ने र ठेक्कावट्टा गरेर हिंड्नेहरुले राजनीकिा नेतृत्व गर्न नसक्ने बताएका छन् । चितवनको गीतानगर बजारमा शुक्रबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको कार्यभार तीब्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताए ।
देशको विकास र जिल्लाको विकास राजनेताले मात्र गर्न सक्ने बताउँदै उनले ठेकेदारहरूबाट देश विकासको कल्पनै गर्न नसकिने बताए । विगतमा आफू पहाड र मदेशको सम्बन्ध सुदृढ गर्न सिराहा गएको स्मरण गर्दै प्रचण्डले यसपटक देशको समृद्धिको सन्देश दिन चितवन आएको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिको सुरूवात चितवनबाट सुरू गर्दै विकासको मोडलको रूपमा देशैभरी लागु गर्न आफू चितवन आएको बताए । देश विकासको लागि स्थिर र शक्तिशाली सरकार नै आवश्यक रहेको बताए । एकअर्को प्रसंगमा प्रचण्डले कांग्रेस देश विरोधी र विकास विरोधी रहेको तथ्य बुढीगण्डकी परियोजनाको सम्झौता खारेजी स्पष्ट गरेको दावी गरे । उनले मंसिर २१ पछि बन्ने वामपन्थी सरकारले त्यस्ता निर्वाचन विरोधी र विकास विरोधी निर्णय उल्ट्याइदिने चेतावनी दिए ।

उनले माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुँदैन कि भन्ने आशङ्का नगर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए । अध्यक्ष प्रचण्डले स्वर्गीय बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै हलो बोकेर काँग्रेसको सपना साकार नहुने व्यंग्य गरे । लोकतन्त्रमा प्रतिस्पर्धा हुने स्वाभाविक भएको भन्दै प्रचण्डले गणतन्त्रविरोधी हलो बोकेर गणतन्त्रमाथि काँग्रेसले बेइमानी गरेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu