ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको समस्या र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ– नेता जोशी


admin
१७ पुस २०७६, बिहिबार   ७ : १५   बजे

 

काठमाडौं, १७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद अर्जुनप्रसाद जोशीले जनताको समस्या र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहँुको ऋषिङ गाउँपालिका–७ कान्छे विद्युतीकरण जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै जोशीले नेपाली काँग्रेस जनताको सर्वोच्चता र नागरिक अधिकारको पक्षमा समर्पित रहँदै आएकाले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।

नेता जोशीले जनताहरू गाउँ छाडेर शहर बसाइ सर्ने लहर चलेको उल्लेख गर्दै सबैलाई गाउँमा बसौँ बसौँ बनाउन पनि आवश्यक विकासका पूर्वाधारहरू निर्माण गर्ने अभियानको नेतृत्व काँग्रेसले लिनुपर्ने बताउनुभयो । उहाँले गाउँको भौतिक पूर्वाधार विकाससँगै आयआर्जनका कार्यक्रम सञ्चालन गरेर स्वरोजगारको वातावरण निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका सबै वडामा बाटो, बिजुली, खानेपानी, शिक्षा र पूर्वाधार विकासमा धेरै कामहरू भएको दाबी गर्दै पाँच वर्षको आफ्नो कार्यकाल ऋषिङवासीलाई सम्झन लायक बनाएर बिदा हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापालगायतले जनताका आवश्यकताप्रति जनप्रतिनिधि सदैव गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group