ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक हो – पर्यटनमन्त्री भट्टराई


admin
१८ पुस २०७६, शुक्रबार   ७ : ३६   बजे

काठमाडौँ,  १८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को भव्य शुभारम्भ समारोहमा आम जनसमुदायको अभूतपूर्व र उत्साहजनक सहभागिताले थप उत्साहित बनाएको बताउनुभएको छ ।

‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ मूल आयोजक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्षको भव्य उद्घाटन समारोहमा सक्रियता जनाएर उत्साह प्रदान गर्ने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको हो ।उहाँले भ्रमर्ण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने सरकारको संकल्पको सुखद् शुरुआत भएको बताउनुभयो । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । “सङ्ख्या त छँदैछ, हामीले त्योभन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौँ । यसका लागि समुद्घाटन कार्यक्रममा जस्तै गरी अभियान भरि सबैको यस्तै सहयोग र सहभागिताको अपेक्षा सरकारले गरेको छ”, पर्यटनमन्त्रीले विज्ञप्तिमा भन्नुभएको छ ।

उहाँले भ्रमण वर्षको यही ७ जनवरी २०२० विश्वभरी नै भव्य उद्घाटन हुने र त्यसलाई सम्पन्न गर्न विदेशस्थित नेपाली कूटनीतिक निगोग तथा गैरआवासीय नेपाली सङ्घलगायत प्रवासमा रहेका नेपाली शुभचिन्तकलाई हार्दिक आग्रह गर्नुभएको छ । पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक हो । मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्नका लागि पर्यटनलाई प्रमुख आधार मानिएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसका लागि आगामी दिनमा पनि यस्तै सहभागिता, सक्रियता र प्रतिबद्धता अपेक्षा गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भनिन्छ, ‘हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ ।’ समुद्घाटन कार्यक्रमलाई हामीले हजार माइलको यात्राको भव्य र सुखद् शुरुआत मानेका छौँ । अन्तमा हजार माइलको उज्यालो यात्रामा यही उचाइका साथ सहयोग, सहभागिता र प्रतिबद्धताका साथ निरन्तर सहभागी भई दिन हुन अपिलसमेत गर्दछु” विज्ञप्तिमा भनिएको छ ।

पर्यटनमन्त्री भट्टराईले विशेष गरी काठमाडौँको दशरथ रङ्गशालामा उपस्थित भएर कार्यक्रमको समुद्घाटन गरिदिनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । भ्रमण वर्षको मार्गदर्शनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आभार प्रकट गर्नुभएको छ । पर्यटनमन्त्रीले तयारीदेखि उद्घाटनसम्म सहभागिता जनाउने नेपालस्थित विभिन्न देशका राजदूत र वैदेशिक साझेदार संस्थाका प्रमुखप्रति पनि हामी आभार प्रकट गर्नुभएको छ ।

भ्रमण वर्षको अङ्ग्रेजी नयाँ वर्ष सन्–२०२० जनवरी १ तारिख ९पुस १६ गते० काठमाडौँको दशरथ रङ्गशालासँगै सातै वटा प्रदेशको मुख्य पर्यटकीय स्थानमा उद्घाटन भएको थियो । दशरथ रङ्गशालासँगै प्रदेश नं १ को मोरङस्थित विराटनगर रङ्गशाला, प्रदेश–२ को जनकपुरस्थित जानकी मन्दिर जनकपुरधाम, प्रदेश–३ को चितवनस्थित सौराहा र गण्डकी प्रदेशको कास्कीस्थित लेकसाइड पोखरामा समुद्घाटन भएको थियो । यसैगरी प्रदेश नं ५ को बर्दियास्थित ठाकुरद्वारा, कर्णाली प्रदेशको सुर्खेतस्थित बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा भ्रमण वर्षको भव्य समुद्घाटन भएको पर्यटनमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group