ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुर्चौंडी नगरका १० वटै वडा सचिवविहीन


admin
१९ पुस २०७६, शनिबार   १ : ३२   बजे

 

बैतडी,१९ पुस । बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन् । नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडाहरुमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ ।”

दशवटै वडामा सचिवको काम प्राविधिक सहायकहरुले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताउनुभयो । वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने बाध्यता रहिआएको छ । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता लगायतका कामहरु पनि नगरबाटै सम्पादन गर्ने गरिएको छ ।”वडामा सचिव नहुँदा नागरिकलाई सास्ती हुने गरेको स्थानीयवासीले बताएका छन् । वडामा सचिव नहुँदा नगरपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता रहिआएको स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा सिंहदरबार आए पनि कर्मचारी नहुँदा साबिकका गाविसबाट पाइने सेवा पाउन पनि मुस्किल भएको छ ।”

स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसकेको भए पनि अझै कर्मचारीको पदपूर्ति हुन सकेको छैन । कर्मचारीको अभावमा वडा तहबाट पाइने सेवा प्रभावकारी नभएको नागरिकले गुनासो गरेका छन् । कर्मचारी समायोजनपश्चात् जिल्लामा कर्मचारीको अभाव बढी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu