ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पन्ध्र छाउगोठ प्रहरीद्वारा भत्काइयो


admin
१९ पुस २०७६, शनिबार   ६ : १४   बजे

कालिकोट,१९ पुस । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ ।

बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार महिला रजस्वला हुँदा बेला–बेला प्रयोगमा आउने गोठ स्थानीय तहका जनप्रतिनिधि, भद्रभलाद्मी, स्थानीयवासीलगायतको उपस्थिति र सक्रियतामा भत्काइएको जनाउँदै महिलामाथि हुने विभिन्न किसिमका दुव्र्यवहार र हिंसाजन्य घटनाबाट बचाउन र महिलाको स्वास्थ्य तथा शारिरीक अवस्थालाई मध्यनजर गर्दैै छाउगोठ भत्काएको बताउनुभयो । बिहीबारदेखि शुरु गरिएको अभियानमा १५ छाउगोठ भत्काएको छ । छाउगोठ भत्काउँदा छाउगोठमा बस्दै आएका महिला धेरै हर्षित भएका छन् । नरहरिनाथ गाउँपालिका–३ का चन्द्रा सुनारले भन्नुभयो, “पहिला छाउगोठमा बस्दा धेरै रोगहरुले सङ्क्रमण गरे, आफ्नो स्वास्थ्य कमजोर हुँदै गयो । तर अहिले छाउगोठ नै भत्काएपछि हामीलाई छाउगोठ प्यारो लाग्न छाडेको छ । छाउगोड भत्किनु भनेको हामीले नयाँ जिन्दगी पाउनु हो ।”

यस्तै नरहरिनाथ गाउँपालिकाका धुवा बुढाले छाउ हुनुभन्दा पहिल्यै छाउगोठ कुरेर बस्ने दिन गए, अब सरसफाइ गरेर घरमै बस्ने हो, पोषिला खानेकुरा खाने बताउँदै छाउगोठ भत्किँदा हर्षित भएको जनाउनुभयो । नरहरिनाथ गाउँपालिकाभित्र बसोबास गर्ने तीन हजार ९१० घरधुरी नै छाउगोठमुक्त भइसकेका छन् । गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले भन्नुभयो, “सिङ्गो गाउँपालिकाभित्र रहेका छाउगोठ अन्त्य गर्ने र महिला रजस्वला हुँदा स्वास्थ्यमा हेरचाह गर्नेजस्ता कार्यक्रम पालिकाले निरन्तर ल्याइरहने बताउनुभएको छ । अध्यक्ष विष्टले १५ मात्र छाउगोठ होइनन्, यस पालिकाभित्र लुकेर रहेका अन्य छाउगोठ खोजी खोजी नष्ट गर्ने जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group