ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास र समृद्धिको लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती – विश्लेषक सुवेदी (भिडियोसहित)


एबीसी न्यूज
२६ पुस २०७६, शनिबार   ११ : १३   बजे


काठमाडौं, २६ पुस  अर्थ राजनीतिक विश्लेषक झलक सुवेदीले मुलुकको विकास र समृद्धिको लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभएको छ ।

अर्थ राजनीतिक विश्लेषक सुवेदीले मुलुक विकास निर्माण र पूर्वाधार विकासको क्षेत्रमा अघि बढिरहेको भन्दै विकास निर्माणको गतिसँगसँगै जनजिविकाको सवाल पनि परिवर्तन हुनुपर्ने बताउनु भएको हो । एबीसी टेलिभिजनको आउटलुक कार्यक्रममा कुरा गर्दै सुवेदीले देशमा रेल, पानिजहाज लगायतका ठुला आयोजना आवश्यक रहेको जिकिर गर्नुभयो ।

त्यसले देशलाई दिर्घकालिन रुपमा फाइदा पुराउने भन्दै विश्लेषक सुवेदीले ठुलो आयोजनाको काम गर्दै गर्दा साना साना प्राथमिकताका काम छुटाउनु नहुने बताउनुभयो । समृद्धिको कुरा गर्दै गर्दा जनजिविकाको स्तर कहाँ छ भनेर हेर्न भुल्नु नहुने उहाँको भनाई छ । पर्यटन, जलस्रोत र कृषिको विकासमा ध्यान पुराउन आवश्यक रहेको औँल्याउँदै उहाँले त्यसको निम्ति राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभएको हो ।

विश्लेषक सुवेदीले आजको आवश्यकता गाउँघरमा स्वास्थ्यचौकी, बिद्यालय पुराउनुपर्ने रहेको भएपनि बहस मोडिने गरेको जिकिर गर्नुभयो । राष्ट्रिय सहमति कायम गरेर स्कुल, विद्यालय खोली सेवा पुराउने काममा मुख्यगरी सत्तारुढ दलले ध्यान पुराउनुपर्ने उहाँको भनाई छ ।

देश गतिशिल अर्थतन्त्रको दिशामा रहेकोले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको भुमिकालाई सक्रिय बनाउन सके देशले दश वर्षमा निकै आर्थिक प्रगति गर्ने उहाँले बताउनुभयो ।

विदेश नीति, भु–उपयोग सम्बन्धी नीति र कृषिमा ध्यान पुराउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । कार्यक्रम आउटलुक आज शनिबार राति ९ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu