ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक यातायातलाई मर्यादित र सुरक्षित बनाइनुपर्छ– पूर्वप्रधानमन्त्री नेपाल


admin
२६ पुस २०७६, शनिबार   ३ : ११   बजे

काठमाडौं, २६ पुस । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नकपा का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको प्रथम राष्ट्रिय साधारण सभाको उद्घाटन कार्यक्रममा आज यहाँ उहाँले यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका बेथिति र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरुरी भएको उल्लेख गर्नुभयो ।नेता नेपालले मुलुकभित्र सार्वजनिक यातायात मात्र नभई विद्यालय, हवाई कम्पनी तथा बैंक वित्तीय संस्थालगायत जुनसुकै निकाय खोल्नका लागि कुनै सीमितता नरहेको र हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटी रहेको भन्दै त्यसलाई बदल्न नियमनकारी निकायको विशेष ध्यान जान जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा उदारभावको नाउँमा बग्रेल्ती अनुमति दिइन्छ, कति सङ्ख्या हो, कुनै सीमितता छैन । अर्कोतर्फ खुलेका संस्थाको अनुगमन प्रणाली प्रभावकारी छैन, जसले गर्दा सेवा गुणस्तरतामा ह्रास आउँछ, अन्ततोगत्व लगानीकर्ताले सेवाबाटै विमुख हुनुपर्ने अवस्था पनि सिर्जना हुन्छ, त्यसैले राम्रोसँग अध्ययन गरेर मात्र यातायात सेवा सञ्चालनको अनुमति दिनुपर्छ, प्रतिस्पर्धा र नियमनलाई राज्यका निकायले अझ बढी जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने जरुरी छ ।” पूर्वप्रधानमन्त्री नेपालले मुलुकभित्र राज्यले बृहत्तर ढङ्गले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अघि बढाउने परिपाटीको विकास नहँुदा लगानीअनुरुपको प्रतिफल आउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी विमानस्थल, सडक वा पुल जे पूर्वाधार बनाउँदैछौँ, त्यो कति अवधिमा कस्तो गुणस्तरको बनाउने भन्ने मापदण्ड छैन । साँघुरो हेराइ, सङ्कीर्ण सोचका कारण मुलुकको विकासको गतिलाई तीव्रता दिन सकिन्न । जुनसुकै पूर्वाधार बनाउँदा १० वर्ष, २० वर्ष वा ५० वर्ष कति अवधिसम्मका लागि हो कति खर्च लाग्छ आदि विषय शुरुमै निर्धारण गरेर आयोजना अघि बढाउन जरुरी छ ।” चालकको लापर्बाहीका कारण मुलुकमा सवारी दुर्घटना बढ्नुका साथै ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले चालकलाई उत्तरदायी बनाउन आवश्यक प्रशिक्षणका साथै उनीहरुलाई अनुशासित र मर्यादित बनाउनेतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा विभिन्न यातायात व्यवसायी सङ्गठनका प्रतिनिधिले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन राज्यका नियमनकारी निकाय र निजी क्षेत्रका व्यावसायिक संस्थाले सहयोग र समन्वयात्मक ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले सार्वजनिक यातायातलाई अनुशासित, व्यवस्थित, मर्यादित र सुरक्षित बनाई यात्रु उपभोक्ता, सरकार मजदूर र व्यवसायीबीचको एकतालाई थप सुमधुर तुल्याउने उद्देश्यले महासङ्घ स्थापित भएको बताउनुभयो ।

महासङ्घमा देशैभरका सार्वजनिक यातायात क्षेत्रका ५४ सङ्गठन आबद्ध रहेको बताइएको छ । साधारणसभाले सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाई सेवाको गुणस्तर अभिवृद्धका लागि संस्थाले आगामी दिनमा प्रभावकारी नीति लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group