ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोलखा जिल्लाको विकास गर्न सबै एकजुट हुनुपर्छ– मन्त्री गुरुङ


admin
२६ पुस २०७६, शनिबार   ६ : १२   बजे

काठमाडौं, २६ पुस । महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको विकासमा लाग्न विभिन्न राजनीतिक दल, स्थानीय सुमदाय तथा युवा पुस्तासँग आग्रह गर्नुभएको छ ।

दोलखा सांस्कृतिक डबलीको शुभारम्भ एंव परिचयात्मक कार्यक्रमको यहाँ आज उद्घाटन गर्दै उहाँले राजनीतिक रुपमा फरक फरक आस्था र विचार भए पनि दोलखा जिल्लाको पर्यटनसँगै आर्थिक विकासका लागि एकजुट हुन अपिल गर्नुभएको हो । मन्त्री गुरुङले भन्नुभयो, “दोलखा जिल्लाको समग्र विकासका लागि सरकार पक्ष वा प्रतिपक्ष भनिरहनु पर्दैन, जुन पार्टीमा भए पनि एकजुट भएर लाग्नुपर्छ ।”

दोलखा जिल्ला पर्यटकीय हिसाबले अत्यन्त सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उहाँले साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन स्थानीय तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार गोपाल थपलियाले दोलखा जिल्लालाई पर्यटकीय रुपमा विकास गर्न सरकारले पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

समाजसेवी दिव्यमणि राजभण्डारीले नेपालको परिवर्तनका लागि भएका धेरै सङ्घर्षहरु दोेलखा जिल्लाबाटै शुरु भए पनि त्यस जिल्लालाई सबैले बिर्सिंदै गएको गुनासो गर्नुभयो । डबलीका अध्यक्ष मदनदास श्रेष्ठले दोलखा जिल्लामा बसोबास गर्ने जिरेल, थामी र सुरेल सुमदायको कला, संस्कृति र परम्परा जोगाउन युवा पुस्ताको योगदान हुनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group