ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्ना गतिबिधी ब्यारेक भित्रै सिमीत राख्ने नेपाली सेना पछिल्लो समय सडकमा दौडिएपछि… (भिडियोसहित)


एबीसी न्यूज
२७ पुस २०७६, आइतबार   १२ : ५८   बजे

बुटवल, २७ पुस  । कुनै बेला थियो राजनितीकदलहरुमा नेपाली सेनामा लोकतान्त्रीकरण, एउटा मुख्य मुद्दा बन्ने गर्दथ्यो । नेपाली सेनालाई लोकतान्त्रीक र जनमुखी बनाउनुपर्ने बहससंगै माओबादी जनमुक्ति सेना र नेपाली सेनाको समायोजन समेत गरिएको थियो ।

पहिले पहिले जनताका माझ कमै मात्रामा देखिने सेनालाई आम नागरिकले आत्मसाथ गर्न पाउंदैन थिए । मुलुकमा संघिय गणतन्त्र नेपालको स्थापनासंगै अव सेना लोकतान्त्रीकरणमात्र होईन जनतासंग संगसंगै सडकमा दौडन पनि थालेको छ ।

विगतमा आफ्ना ब्यारेक भित्रै सबै गतिबिधी सिमीत राख्ने नेपाली सेना पछिल्लो समय जनताको हरेक सकारात्मक कदमको साथी बन्न थालेको देखिएको छ । संघ अन्तर्गतका स्थानीय सरकारहरुले गर्ने सरसफाई कार्यक्रम देखि राष्ट्र जोगाउन योगदान गर्ने महान ब्यक्तित्वलाई सम्झने कार्यक्रमहरुमा जनता र नेपाली सेनाको दरिलो सहकार्य उजागर हुंदै गएको छ ।

पुस २७, अर्थात पृथ्बी जयन्ती । टुक्रा टुक्रा रहेको मुलुकलाई एकिकरण गर्ने अभियानको थालनी गरेका शाह बंशिय राजाहरुको पुर्खा पृथ्वी नारायण शाहको जन्म जयन्तीमात्र नभएर एकिरण दिवसकारुपमा पनि मनाउन थालिएको छ । राष्ट्रिय एकता दिवस नाम दिएर मनाउन थालिएको पुस २७ को पुर्व संध्यामा नेपाली सेनाका अधिकृत केन्द्रिय सरकारका रक्षामन्त्री जनतासंगै कांधमा कांध मिलाएर बुटवलको सडकमा दौडीएका छन् ।

नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटरले आयोजना गरेको भिक्टर म्याराथुन युनिटी रनमा सेनाका अधिकृत, प्रदेश ५ सरकारका मुख्यमन्त्री, मन्त्रीहरु सहित उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल बुटवलमा ५ किलोमिटरको दुरी पैदल हिंडेर पार गरेकाछन् । ५, १०, २१ र ४२ किलोमिटर म्याराथुन प्रतियोगितामा रक्षामन्त्री पोखरेल सहित मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री कुलबहादुर केसी, पर्यटनमन्त्री लिला गिरिले ५ किलोमिटरको दुरी पैदल हिंडेर पार गर्दै जितगढी किल्ला पुगेका थिए । सेनाका अधिकारी र जवानसहितको टोलिसंग म्याराथुनमा दौडन सयांैको संख्यामा नागरिक सहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरु शनिबार बिहानै बुटवलको सडकमा निस्केका थिए ।

बिश्व बिजेता अंग्रेजलाई परास्त गर्ने लडाईमा नेपाली सेनाको कमाण्ड गर्ने कर्णेल उजीर सिंहको सम्मान तथा सरकारको भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन नेपाली सेनाले म्याराथुनको कार्यक्रम राखेको मध्यपश्चिम पृतना हेड क्वाटरका पृतनापति सिताराम खड्का बताउंछन् ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय अखण्डता र सार्बभौमिकताको सवालमा नेपाली सधैं एकजुटछन् भन्ने सन्देश दिन सेनाले यस्तो कार्यक्रमको आयोजना गरेको र यस्ता कार्यक्रमहरु देशभरी हुनुपर्ने बताउंछन् ।

सेनाले आयोजना गरेको म्याराथुनमा ४२ किलोमिटर अन्तर्गत पुरुष तर्फ हरिकुमार रिमाल प्रथम, राजन रोकाया दोस्रो र कल्याण बानीया तेस्रो भएका थिए । त्यस्तै महिला तर्फ कान्छीमाया क्वजु प्रथम, रमिता बासी दोस्रो र कृष्णेश्वरी सिम्ता तृतीय बनेकी थिईन् । २१ किलोमिटर दौडमा गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतिय बनेका थिए भने महिला तर्फ बिश्वरुपा बुढा प्रथम, पुर्णलक्ष्मी न्यौपाने दोस्रो र रेखा बिष्ट तृतिय बनेकी थिईन् । कर्णेल उजीर सिंह किल्ला जितगढीमा आयोजना गरिएको समापन कार्यक्रममा युद्ध संगितमा आधारीत सरायानाच तथा बिजयी उत्सव नाच नेपाली सेनाले प्रदर्शन समेत गरेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले नेपालको सिमा रक्षाको सवालमा कहिं कसैसंग सम्झौता नगरिने दृढता ब्यक्त गरेका थिए ।

सेनाको पछिल्लो कार्यहरुले केहि दशक अगाडी सम्म सेना गांउ पस्दा त्रसित हुने नागरिकहरुमा सेना प्रतिको दृष्टिकोण पनि सकारात्मक बन्दै जाने कुरामा दुईमत छैन । जनताका हरेक पाईलाहरुमा सेनाको सहभागिताले राज्यले घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पनि साकार पार्न मद्दत पुग्ने नै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group