ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेतीपातीका लागि पानी, मल र बिऊको अभावमा मुलुकको कृषिक्षेत्र (भिडियोसहित)


एबीसी न्यूज
२७ पुस २०७६, आइतबार   १ : १५   बजे

काठमाडौं, २७ पुस । देशको गरिबी निवारणमा साना किसान लगायत यस सम्बद्ध संघ, संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहदै आएको छ । आर्थिक तथा सामाजिक विकासका लागि विपन्न एवम् पहुच नभएका किसानहरुको जीवनस्तर उकास्न अपरिहार्य छ । वर्षौदेखि यी विविध विषयमा बहस र पहलहरु पनि भईरहेका छन् । तर अझै पनि सिमान्त र निम्न वर्गको किसान सन्तुष्ट हुने अवस्थामा पुग्न सकेका छैनन् ।

देशको पहाडी उच्च भू–भाग डडेलधुराका जंगलमा बस्दै आएका झण्डै ६८ घरधुरीका राउटे समुदाय अहिले वार्षिक रुपमा ९६ क्वन्टिल मह उत्पादन गर्ने गरेका छन् । मकवानपुरको वनकरीया समुदायमा होस् या तराईका मुसहर बस्तीमा महबाट वार्षिक झण्डै २ करोड रुपैया बराबरको आम्दानी हुने गरेको छ । कृषि क्षेत्रमा आएको धेरथोर परिवर्तनले उनीहरुको जीवशैलीमा पनि फेरिएको साना किसान विकास सम्बद्ध संस्थाहरुले बताएका छन् ।

वि.सं. २०३२ मा नेपाल सरकार र कृषि विकास बैंकको पहलमा ग्रामिण, विपन्न एवम् सिमान्त वर्गका किसानहरुको जीवनस्तर सुधार गर्दै गरीबी न्यूनीकरण गर्ने उद्येश्यका साथ साना किसान विकास आयोजनाको सुरुवात भएको हो । वि.सं.२०५० मा सहकारीमा रुपान्तर भएको यो आयोजना २०५८ मा आएर साना किसान विकास बैंकको स्थापना भयो । श्रमिक, मजदुर र विपन्न वर्गको किसानहरुको अपनत्व बढाउदै कृषि क्षेत्रमा विकास गर्ने उद्येश्यका साथ सरकारले पनि विभिन्न पहलहरु भईरहेको बताईरहेको छ । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विभिन्न सहुलियत सहितको कर्जा तथा अनुदानको पनि व्यवस्था गरिएको छ ।

तर, ती सेवा–सुविधाहरु निमुखा किसानहरुसम्म पुग्न सकेको छैन । खेतीपातीका लागि पानी, मल र बिऊको अभाव सधैं नै भईरहने किसानहरु गुनासो पोख्छन् ।

साना किसानको विकास गर्ने उद्येश्यले देशका ७५३ मध्ये ४२० स्थानीय तहमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि विस्तार भएको छ । पछिल्लो वर्षमा २० करोड ८४ लाख सरकारी र १ अर्ब रुपैंया एसिया विकास बैंक लगायतको सहयोगमा २२ अर्ब बराबरको विभिन्न कार्यक्रम यस संस्था अन्तर्गत आयोजना भयो ।

साना विकास बैंक अन्तर्गत मात्रै १३ सयभन्दा बढी सहकारी संस्थाहरु आबद्ध छन् । यद्दपी, यी विविध जानकारीहरु किसानसम्म नपुगेको कारण पनि विपन्न वर्गका किसानहरु लाभान्वित हुन सकेका छैनन् । साना किसानमा सूचना, प्रविधिको विकासका लागि पनि यी यस्ता संस्थाहरुले काम गरिरहेको संस्थाका अध्यक्ष खेम बहादुर पाठक बताउ“छन् । साना किसान विकासको अवधारणाले पहु“च नभएका र विशेषगरी महिलाहरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग पु¥याईरहेको उनले बताए ।

५० अर्बभन्दा बढीको पू“जीमा अहिले साना किसान विकास बैंक सञ्चालित छ । किसान र कृषि क्षेत्रको समग्र समस्यालाई सम्बोधन गर्दै आमकृषकको जनजीवन तथा आर्थिक र सामाजिक विकासका लागि राजनीतिक नेतृत्वले पहल गनुपर्ने सरोकारवाला बताउ“छन् । बाईट…
विगतको तुलनामा कृषि क्षेत्रमा भएका केही परिवर्तनहरु सतही स्तरका मात्रै छन् ।

कृषि क्षेत्रमा पनि पहु“च वालाले मात्र सुविधा लिइरहेका छन् । गाउ“–ठाउ“का विपन्न र पहु“चबिहिन किसानहरु वास्तवमै लाभान्वित हुन सकिरहेका छैनन् । देशको गरीबी निवारण एवम् आर्थिक, सामाजिक रुपान्तरणको लागि सीमान्त वर्गका किसानको जीवनस्तर परिवर्तन हुन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

बाढीपछिको उद्धार र राहतबारे प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu