ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा र संवेदनशीलताका लागि मकवानपुरको हेटौँडा राजधानी उपयुक्त– मुख्यमन्त्री पौडेल


admin
२७ पुस २०७६, आइतबार   ३ : १७   बजे

काठमाडौं, २७ पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानीका लागि टुङ्गो लगाउने क्रममा भौतिक संरचनाको पूर्वाधार तयार रहेको, साथै क्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राखेर मकवानपुरको हेटौँडालाई रोज्नुपर्ने यर्थाथता रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाको आज बसेको पहिलो बैठकमा उहाँले हिजो ३ नं प्रदेशको राजधानी हेटौँडालाई नै बनाइनुपर्छ भनी राख्नुभएको प्रस्तावमाथि छलफल हुँदा सदस्यहरुले उठाउनुभएको विभिन्न जिज्ञासाहरुको आज उत्तर दिँदै जनताको आधारभूत विकासलाई प्रदेश सरकारले निष्पक्षका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्मलाई आत्मसमीक्षा गरी प्रदेशसभाको स्वतन्त्रतामाथि कुनै प्रकारको अङ्कुश लगाउन नखोजिएको उल्लेख गर्दै सङ्घीय गणतन्त्रलाई सुदृढ बनाउन र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर राष्ट्रिय गौरवका आयोजनाहरु पनि सञ्चालन गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले दोलखा, रामेछाप, रसुवा जिल्लाबाट आउने जनप्रतिनिधि र समाजसेवीलाई अब प्रदेश नं ३ को राजधानी हेटौँडामा आवतजावत गर्न हेटौँडा–भीमफेदी सुरुङमार्ग, काठमाडौँ–निजगढ जोड्ने द्रुतमार्ग निर्माण गर्ने क्रममा प्रदेश सरकारले आफ्नो नीति कार्यक्रमअनुसार प्रक्रिया शुरु गरिसकेको र चालु आवभित्र हेटौँडाबाट काभ्रेको पनौती जोड्ने ५८ किलोमिटर सडकलाई पनि निमार्ण गर्ने प्रक्रियाको पाइपलाइनमा राखिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले हेटौँडामा अन्तर्राष्ट्रिय खेलकूदस्तरको कभर्ड हल तालीम केन्द्र र खेलकूद मैदानको निमार्ण कार्य अन्तिम चरणमा पुुगेको उल्लेख गर्दै नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक संरचना तयार भइरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले एक प्रश्नको उत्तरमा काठमाडौँको राजधानीसँग जोडिएको काभ्रेको धुलिखेललाई प्रदेशको नयाँ राजधानी स्थापना गर्ने सोच र चिन्तनलाई परिवर्तन गरी अब जनप्रतिनिधि, प्रदेश सरकार र प्रदेशसभाका सदस्यहरुको आफ्नो भूमिकालाई निष्क्रिय पार्न नहुनेतर्फ आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ भन्नुभयो । सोही बैठकमा विवेकशील साझा पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई प्रदेशको राजधानी बनाइनुपर्छ भनी राख्नुभएको प्रस्तावमाथि उठेको शङ्का–उपशङ्कालाई आज जवाफ दिँदै जनघनत्व, भूगोल र सडक सञ्जालले समेटिएको धुलिखेललाई राजधानीका लागि प्रस्ताव गरिँदा आफ्नो कुनै स्वार्थ र राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्य नरहेको बताउनुभयो ।

उहाँले प्रदेशसँग जोडिएका केही जिल्लाहरुलाई तत्कालै मकवानपुरको हेटौँडामा आउन यातायात क्षेत्रको असुविधाले कठिनाइ उत्पन्न भएकाले प्रदेशको राजधानीको नयाँ संरचना स्थापना गर्न नयाँ सोच चिन्तनका साथ अघि बढ्नुपर्ने आफूले चाहेको बताउनुभयो ।प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको र आज सञ्चालन भएको बैठक ३ घण्टा १८ मिनेटको समय व्यथित भएको थियो । प्रदेशसभाको बैठक पुस २१ गतेदेखि सञ्चालन भई आज दिउँसोसम्ममा स्थगित गरिएको थियो ।  प्रदेशसभामा कूल ११० जना सदस्य हुनुहुन्छ । सत्तारूढ नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एकजना स्वतन्त्र सांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group