ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदद्वारा दिलीपका हत्यारालाई कडा कारवाही गर्नुपर्ने माग


एबीसी न्यूज
२७ पुस २०७६, आइतबार   ३ : ४७   बजे

काठमाडौं, २७ पुस । राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “छाडा क्रसर उद्योगको छाडापन रोक्नुपर्छ, उत्खनन नियमन गर्नुपर्छ, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननको दीर्घकालीन समाधान खोज्नुपर्छ, राष्ट्रपति चुरे तराई मधेश विकास बोर्डले अवैध क्रसर उद्योग रोक्न के काम गर्दैछ जवाफ चाहिन्छ ।”सांसद कोमल वलीले दिलीप महतोको हत्याको विरोध गर्दै अपराधीलाई कडा कारवाही गर्नाका साथै सो घटनाबाट जनतामा आएको त्रसित मानसिकता हटाउनुपर्ने बताउनुभयो । “मानवता कमजोर भएको छ, त्यस घटनामा प्रहरी प्रशासन उदासीन देखिन्छ, राज्यमा सरकार छ, प्रहरी प्रशासन छ, प्रहरी प्रशासनप्रति विश्वास गर्ने वा नगर्ने अन्योल छ ।”

सांसद वृषेशचन्द्र लालले वातावरण र नदीनालाको संरक्षणको कुरा गर्दै गर्दा दिलीप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गर्नुभयो । “बिनामुचुल्का प्रहरीले शव उठाएको छ, त्यसमा प्रहरी प्रशासनको मिलेमतो हुनसक्छ, यसले देशको शान्तिसुरक्षाको अवस्था झल्किन्छ,” उहाँले भन्नुभयो । सांसद प्रमिला कुमारीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा हत्या, हिंसा मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामलखन चमारले सरकारले अगाडि सारेको शिक्षाका लागि निब्र्याजी ऋण दिने विषयलाई व्यावहारिरूपमै कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।

सांसद जीतेन्द्रनारायण देवले एमसिसी सम्झौतालाई सरकारले जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको परराष्ट्र नीतिको सञ्चालन संविधानले निर्दिष्ट गरेको बाटोबाट सञ्चालन हुने हो÷होइन वा कुनै अमुक पार्टीको सिद्धान्तको आरधारमा निर्दिष्ट हुने हो, एमसिसी अनावश्यक ढङ्गले कसैको इशारामा अगाडि बढाउनु हुँदैन ।”

सासंद शेरबहादुर कुँवरले पृथ्वीनारायण शाहले मुलुक निर्माणमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै राज्यले राष्ट्रका विभूतिलाई बिर्सिन नहुने बताउनुभयो । उहाँले पर्यटन वर्ष मनाउँदै गर्दा सरकारले नगरकोट जाने बाटोको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीवन बुढाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई पूर्णता दिनुपर्ने माग गर्नुभयो । सांसद विन्दादेवी आले रानाले वाइड बडी प्रकरणबारे सरकार किन मौन छ भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group