ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखले राजिनामा दिनु अघि राखिन् यस्तो सर्त…


एबीसी न्यूज
२७ पुस २०७६, आइतबार   ४ : २७   बजे

काठमाडौं, २७ पुस । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले पहिला सभामुखको टुंगो लगाएपछि मात्र आफुले उपसभामुखवाट राजिनामा गर्ने सर्त पार्टीका दुई अध्यक्षलाई राख्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजिनामा गर्न दिएको दवाव पछि शिवमायाले यस्तो सर्त राख्नुभएको हो । उहाँले राजीनामा अघि सभामुखको टुंगो लगाउन दुई अध्यक्षलाइ आग्रह समेत गर्नुभएको थियो । सभामुखको टुंगो नलाग्दै आफुले पनि राजिनामा दिँदा संसद कानुनी संकटमा पर्ने भन्दै यस्तो सर्त राख्नुभएको हो। नेकपाले शिवमायालाई पटक पटक राजिनामा दिन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री ओलीले पनि उहाँलाई भेट्न बोलाएर राजिनामा दिन निर्देशन दिनुभएको थियो । सचिवालय बैठकवाट राजिनामा गराउने निर्णय भएपछि तुम्बाहाङफेले शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड भेट्न बालुवाटार पुग्नुभएको थियो। बालुवाटारमा भएको भेटमा राजीनामा भन्दा पहिला सभामुखको टुंगो लगाउन आग्रह समेत गर्नुभयो।

बालुवाटारमै बोलाएर उपसभामुखकै कारण संसद बन्धक भएको भन्दै प्रधानमन्त्री र पार्टी अध्यक्षले राजीनामा दिन आग्रह गर्नुभयो हो ।
स‌ंसदको हिउँदै अधिवेशन पुस ४ गते प्रारम्भ भए पनि सभामुखको टुंगो नलाग्दा संसद नियमित बिजनेसमा प्रवेश गर्न पाएको छैन । पुस ११ र १६ गते बोलाइएका बैठक पनि सभामुखको टुंगो नलाग्दा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

रसुवामा वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu