ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीको फलाम उत्खननको तयारी अन्तिम चरणमा, ४ महिना भित्र दैलेखको पेट्रोलियमको अवस्था पत्ता लाग्ने


एबीसी न्यूज
२८ पुस २०७६, सोमबार   ९ : २६   बजे


काठमाडौ, २८ पुस । नवलपरासीमा भेटिएको फलामखानिबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।
आइतवार  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताउनुभयो । फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उहाँले बताउनुभयो । ‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ ।

डिपोजिट पर्याप्त मात्रामा छ भन्नेपनि आइसकेको र नमुना परीक्षणपनि सफलताका साथ भइसकेको छ । अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको उहाँले जानकार दिनुभयो ।

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ । ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायीक रुपमा थाहा हुने उहाँले बताउनुभयो । दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धि काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

रसुवामा वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu