ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधी अब १ वर्षमात्र बांकी, काम सक्न भने मुस्किल (भिडियोसहित)


एबीसी न्यूज
२८ पुस २०७६, सोमबार   ११ : ३२   बजे


काठमाडौ, २८ पुस ।  २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधी अब १ बर्ष मात्र बांकी छ । पांचवर्षमा पुनर्निर्माणका सबैकाम सम्पन्न गर्ने गरी गठन गरिएको प्राधिकरणले अझै धेरै काम गर्न बांकी छ । निर्धारित समयभित्रै काम सक्न प्राधिकरणलाई दबाब बढेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको चार वर्षमा ६२ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सकिएको छ । १५ प्रतिशत काम भइरहेको छ भने, १३ प्रतिशत निजी आवास निर्माण नै सुरु भएको छैन ।

भूकम्पमा घर क्षतिग्रस्त भएका ८ लाख २९ हजार ५७ मध्ये ७ लाख ७७ हजार ४६२ जनाले मात्र अनुदान सम्झौता गरेका छन् । निजी आवास निर्माणको प्रगति प्राधिकरणले सन्तोषजनक नै माने पनि स्वास्थ्य संस्था, सरकारी भवन, पूरातात्विक सम्पदाको पुनर्निर्माणमा सन्तोषजक प्रगति छैन ।

भूकम्पमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गठन भएको प्राधिकरणको म्याद अबको एक वर्षपछि, अर्थात २०७७ पुस १० गते सकिदैछ । बांकी एक वर्षभित्र निजी आवास पुनर्निर्मणको काम सकिनेमा प्राधिकरणका सीईओ सुशिल ज्ञवाली आशावादी छन् । काम नसकिएमा विपद व्यवस्थापन प्राधिकरणलाई बांकी काम जिम्मा लगाउन सकिने ज्ञवाली बताउंछन् ।

शिक्षण संस्थाको भवन पुनर्निर्माण १० प्रतिशत, स्वास्थ्य संस्था ५६ प्रतिशत, अन्य सरकारी भवन ८४ प्रतिशत सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ । सुरक्षा निकायका भवनतर्फ नेपाली सेनाको ३४ प्रतिशत, नेपाल प्रहरीको ६१ प्रतिशत सम्पन्न भएका छन् । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका क्षति भएको भवनहरुको पुनर्निर्माण भने शतप्रतिशत सकिएको छ ।

०७२ को भूकम्पले ३२ जिल्लाका ९२० वटा पुरातात्विक एवं सांस्कृति सम्पदामा पनि क्षति पुगेको थियो । तीमध्ये हालसम्म ३८९ को पुनर्निर्माण सकिएको छ । ३६७ वटा पुनर्निर्माणको प्रक्रियामा गएका र १६४ वटाको पुनर्निर्माण सुरु हुन बांकी छ । यीमध्ये रानीपोखरी पुनर्निर्माण आगामी वैशाखसम्म सक्ने लक्ष्य प्राधिकरणले लिएको छ । यस्तै, भूकम्पले ढलेको धरहरा नयां स्वरुपमा ठडाउने काम पनि अपेक्षित गतिमै भैरहेको प्राधिकरणको दाबी छ । धरहरा हालसम्म चार तलाको निर्माण भइसकेको छ । पाटन दरबारको १० प्रतिशत, भक्तपुर दरवार स्क्वायरको २० प्रतिशत, चांगुनारायणको ५ प्रतिशत, स्वयम्भूको ११ प्रतिशत, पशुपति क्षेत्रको पुनर्निर्माण ३५ प्रतिशत सकिएको प्राधिकरणको तथ्याङक छ ।
भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति ब्यहोरेको सिन्धुपाल्चोकका सांसद एवं पुनर्निर्माण प्राधिकरणका सदस्य अग्नी सापकाटा पुनर्निर्माणसम्बन्धी नागरिकको गुनासो सम्बोधन गर्नुपर्ने बताउंछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बांकी रहेका पुनर्निर्माणको कामलाई यथाशिघ्र सम्पन्न गर्न प्राधिकरणलाई दबाब दिएका छन् ।

विनाशकारी भूकम्पले हजारौं नागरिकको ज्यान गयो । अर्बौंको भौतिक क्षतिभयो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दा खर्बौ रुपैयां खर्च भैसकेको छ । छिमेकी देश चीनको सिचुवान प्रान्तमा गएको भुईंचालो पछि गरिएको पुनर्निर्माण नवनिर्माणमा परिणत हुंदा दुई वर्षमै सिचुवानको रुपै फेरियो । आज सिचुवानमा भुईंचालो गएको विषय इतिहास बनिसकेको छ ।

विकास र समृद्धिको निरन्तर चर्चा भैरहे पनि नेपालमा भूकम्प गएको चार वर्ष वित्दा पनि पुनर्निर्माण सकिएको छैन । समयछंदा काममा ढिलाई गर्ने, समय घर्किन थालेपछि हतारो गर्ने नेपालको विकासे प्रवृत्ति राष्ट्र पुनर्निर्माणमा पनि देखिएको छ । यो प्रवृत्तिको अन्त्य गरी विकास र समृद्धिको वास्तविक आयाममा जनतालाई रमाउन दिन सरकारबाटै गम्भीर पहल आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group