ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित जनप्रतिनिधिको गुनासो : हामीमाथि नै विभेद भयो


admin
२८ पुस २०७६, सोमबार   १ : ३८   बजे

काठमाडौ, २८ पुस । पाँचथरमा दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आफूहरुमाथि नै विभेद् भएको गुनासो गर्नुभएको छ ।

दलित समुदायका जनप्रतिनिधिले आफूहरुले समुदायको अपेक्षाअनुसार काम गर्न नपाएको, दलित समुदायका लागि उचित योजना निर्माण र बजेट विनियोजनमा समेत विभेद्मा परेका गुनासो गर्नुभएको हो । फिदिममा आयोजित अन्तक्र्रियामा सहभागी दलित जनपे्रतिनिधिले आफूहरुलाई साक्षीका रुपमा मात्रै प्रयोग गरिएको दुःखेसो गर्नुभयो । स्थानीय तह सञ्चालन गर्ने निकाय गाउँ÷नगर कार्यपालिकामा रहेका दलित जनप्रतिनिधि, वडाध्यक्ष र स्थानीय तहका प्रमुखले उक्त गुनासो गर्नुभएको हो ।

फालेलुङ गाउँकार्यपालिका सदस्य हर्कसिंह सुनारले संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न आफूहरु असफल भएको बताउनुभयो । “भूमिहीन दलित परिवारलाई जग्गा उपलब्ध गराउने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने संवैधानिक ब्यवस्थासमेत व्यवहारमा कार्यान्वयन भएको छैन्”, सुनारले भन्नुभयो । उहाँले विगतमा लक्षित वर्गका लागि छुट्टिने बजेट अहिले नछुट्टिँदा यस समुदायले सङ्घीयतामार्फत आर्थिक÷सामाजिक सबलीकरणको अनुभूति गर्न नपाएको बताउनुभयो । “दलित समुदायको बजेट कार्यान्वयन हुन सक्दैन् भन्नेमा अरू जनप्रतिनिधिहरु एकमत देखिनुहुन्छ”, सुनारले भन्नुभयो, “हामी त कोरम पु¥याउनमात्रै प्रयोग हुनु परेको छ ।” सुनारले गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षले ‘प्रधानपञ्च’ले जस्तै व्यवहार गरेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक दलहरुसँग स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलित समुदायका अधिकार कार्यान्वयन गर्न निर्देशन दिन माग पनि गर्नुभयो ।

मिक्लाजुङ गाउँकार्यपालिकाका सदस्य दुर्योधन लुहागुनले अन्य जनप्रतिनिधिले दलित समुदायलाई बजेट छुट्याउन कन्जुस्याइँ गरेको बताउनुभयो । उहाँले आफूहरुलाई हरेक ठाउँमा साक्षीका रुपमा प्रयोग गरिएको गुनासो गर्दै स्थानीय तहबाट दलित समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सबलीकरण गर्ने र व्याप्त विभेद् अन्त्य गर्ने अवसर सदुपयोग गर्न वञ्चित गरिएको बताउनुभयो । आफूहरु स्थानीय तहमा निर्वाचित हुनुपूर्व दलित समुदायका लागि धेरै काम गर्ने अपेक्षा लिएर निर्वाचित भए पनि अन्य जनप्रतिनिधिको असहयोगले कुनै पनि काम गर्न नसकेको लुहागुनको गुनासो छ ।

कुम्मायक गाउँकार्यपालिकाका सदस्य इन्द्रबहादुर नेपालीले आफूहरुले आफ्नो समुदायको हितमा काम गर्ने प्रयत्न गरे पनि काम गर्ने उचित वातावरण अझै तयार भइनसकेको बताउनुभयो । तुम्बेवा गाउँकार्यपालिकाकी सदस्य पवित्रा गजमेरले आफूहरु गाउँपालिका सञ्चालन गर्ने जनप्रतिनिधि भए पनि आफैँले भनेको योजना कार्यान्वयन गर्न र बजेट छुट्याउन नपाएको गुनासो गर्नुभयो । फिदिम नगर कार्यपालिका सदस्य मनिषा श्रेष्ठ धमला र याङवरक गाउँकार्यपालिका सदस्य कृष्णकुमारी नेपालीले जातीय विभेद् हटाउने, आर्थिक रुपले पछि परेको दलित समुदायको आर्थिक तथा सामाजिक सबलीकरण गर्ने विषयमा अन्य जनप्रतिनिधि अनुदार भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाँचथरका सदस्य सन्तोष सिन्चेउरीले विषयगत ज्ञान र क्षमताको अभावले दलित जनप्रतिनिधिले स्थानीय तहमा प्रभावकारी आवाज उठाउन नसकेको पाइएको बताउनुभयो । उहाँले जातीय विभेद् हटाउने तथा दलित समुदायको आर्थिक तथा सामाजिक सबलीकरण गर्ने जिम्मेवारी स्थानीय तहको भए पनि त्यसमा जनप्रतिनिधिहरु उत्तरदायी बन्न नसकेको बताउनुभयो । उहाँले परम्परागत मुद्दा छाडेर दलित समुदाय आर्थिक सबलीकरणमा केन्द्रित हुन सकेमात्रै विभेद अन्त्य गर्न सहज हुने बताउनुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव हुनु, न्यायको पहुँचमा पुग्न नसक्नु, आन्तरिक विभेद् कायम हुनु जस्ता समस्याले दलित समुदायका समस्या समाधान गर्न कठिन परेको सिन्चेउरीको भनाइ छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा उपेक्षामा परेकै कारण स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएकाले त्यहाँ प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आफ्नो भूमिकाबारे समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहमा आफ्नो सशक्त भूमिका निर्माण गरी समुदायको हितमा काम गर्न सकेमात्रै समुदायगत प्रतिनिधित्वको औचित्य पुष्टि हुने भएकाले स्थानीय तहभित्र सङ्घर्षमात्रै भए पनि गरिरहन सापकोटाले सुझाव दिनुभयो । स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिसँग आफूले सामाजिक विकासको पक्षमा जोड दिन आग्रह गर्दै आएको बताउँदै सापकोटाले एकीकृत आवाज उठाउन दलित जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

दलित जनप्रतिनिधिको सम्मान तथा अन्तक्र्रियाको आयोजक समता नेपाल पाँचथरका अध्यक्ष सहमान विश्वकर्माले जनप्रतिनिधिको भूमिका सशक्त बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा जिल्लाका नगर तथा गाउँ कार्यपालिकामा प्रतिनिधित्व गर्ने दलित जनप्रतिनिधि तथा विभिन्न क्षेत्रमा चर्चा कमाएका व्यक्तिलाई सम्मान गरिएको संस्थाका सचिव खगेन्द्र धमलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group