ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको अर्थतन्त्र कृषि, पर्यटनमै निर्भर (भिडियोसहित)


एबीसी न्यूज
२ माघ २०७६, बिहिबार   १ : ११   बजे


काठमाडौं, २ माघ ।  देशको अर्थतन्त्र मुख्यगरी कृषि, पर्यटनमा आधारित छ । विगतदेखि नै जीवन निर्वाहमुखी खेतीले धानिरहेको नेपालको कृषिप्रणाली आधुनिकीकरण र व्यवसायिक बन्न सकिरहेको छैन । आन्तरिक एवम् बाह्य प्रतिस्पर्धाको सन्तुलन तथा दक्ष जनशक्ति अभाव लगायत विभिन्न नीतिगत र व्यवहारिक समस्याका कारण व्यवसायिक कृषि क्ष्ँेत्र सन्तोषजनक बन्न सकिरहेको छैन ।

तोरी, तरकारी र उखु नेपालको मुख्य नगदेबालीहरु हुन् । यसस“गै किवी खेती, मौरीपालन लगायत विभिन्न पशु तथा पंक्षी पालनबाट पनि व्यवसायिक खेतीमा टेवा पुगिरहेको छ । यसै पनि देशको वनजंगल तथा खुला क्षेत्रमा दश हजारभन्दा बढी जैविक विविधता छ । देशको भौगोलिक विशेषता र हावापानी पनि कृषि अनुकूल छ ।

मौरी पालनको व्यवसायलाई नै हेर्ने हो भने, वर्षभरमा ९ महिना नै यो व्यवसाय गर्न सकिन्छ । थोरै पु“जीमा पनि व्यवसाय गर्न सकिने मौरीपालनबाट वार्षिक रुपमा लाखौं आम्दानी गर्न सकिन्छ । महबाट घरमै किसानले प्रतिकिलो १ हजार रुपैंयासम्म आम्दानी गर्न सक्छन् । देशमै उत्पादित यस्ता उत्पादनहरु स्वास्थ्यका दृष्टिकोणले त लाभदायी नै छन्, यसले आयात प्रतिस्थापनमा पनि सहयोग पु¥याउन सक्छ ।

यार्सागुम्बा जस्ता जडीबुटी प्रतिकिलो २० लाख रुपैंया बढीमा विदेशमा निर्यात हुने गरेको छ । यस्ता कयौं जडीबुटीहरुमा समेत देश सम्पन्नशाली छ । ३० लाखभन्दा बढी हेक्टर जमिन खेतीयोग्य छ । तर, यति हु“दा हु“दै पनि देशको व्यवसायिक कृषि क्षेत्र कहा“निर चुक्यो ? यो आजको गम्भिर विषय हो । तर, यता फेरि, देशमा केही नै नभएजस्तो गरी नसोच्न नेताहरुले आग्रह पनि गरिरहेका छन् । कृषि क्षेत्र तथा यस उपजका सामाग्रीमा सरकारी स्वामित्व र दायित्व वृद्धि गर्नेमा सरकार लागिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम दाबी गर्छन् ।

त्यसो त स्वदेशी उत्पादनको बजारीकरण, प्रवद्र्धन एवम् प्रचारप्रसारमा पनि कमी छ । भ्रमण वर्ष २०२० मा मुख्यतः स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्र्नेे सरोकारवाला बताउ“छन् । होटल तथा रेष्टुरेन्टमा विदेशी महंगा रक्सीको साटो स्थानीय उत्पादनको बिक्रि वितरण गरिनुपर्ने नेकपा नेता शेरबहादुर तामाङ बताउ“छन् । यार्सागुम्बा विदेशमा बेच्ने हैन, पर्यटकहरुलाई यार्सागुम्बा खान नेपालमै आउनुपर्छ भन्ने मानसिकताको विकास गर्न सक्नुपर्ने उनको भनाई छ ।

त्यसो त, नेपालीहरु अझै पनि बेमौसमी कृषि खेती गर्न सकिरहेका छैनन् । नेपालमा उत्पादन हुने मोटरकोसा भारतको भन्दा बजारमा ढिलो आईपुग्छ । जब, नेपालको मटरकोसा बजारमा आउछ, भारतले यसको भाउ बढाउ“छ । यसर्थ, कम्तिमा ४ देखि ६ महिनाको अध्ययन गरेर कृषि उपजको सामाग्री उत्पादन गर्नुपर्ने सरोकारवालाहरु सुझाछन् ।

भारत लगायत अन्य देशबाट आयातित तरकारीभन्दा नेपालको तरकारी स्वस्थकर रहेको विदेशीले समेत स्वीकारेका छन् । तर, कतै बजार अभाव त, कतै न्यून उत्पादनका कारण व्यवसायिक कृषिमा प्रभाव पुगिरहेको छ । यी सबै विषयको व्यवस्थापन राज्यले नै गर्नुपर्ने किसानहरु बताउ“छन् । बजारले दिन नसकेको मूल्य सरकारले दिनुपर्छ, तर किसान मर्न हु“दैन, पलायन हुनुहु“दैन ।
व्यवसायिक कृषि क्षेत्रको यी विविध समस्याको समाधान राज्यले खोज्नुपर्छ । खाद्य सुरक्षाको विषय होस् या आत्मनिर्भरको विषय । स्वस्थ, समृद्ध र विकसित राष्ट्र निर्माणका लागि कृषि क्षेत्र व्यवसायिक बन्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group