काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भएको भेटमा राष्ट्रिय सभा निर्वाचन, सभामुख चयन र आसन्न केन्द्रिय कमिटी बैठकबारे छलफल भएको छ ।
नेकपा उच्च स्रोतले अध्यक्षद्वय बीच सम्वाद हुन छोडेको भन्ने खबर असत्य भएको पनि दाबी गरेको छ । ‘दुई अध्यक्षबीच हिजो बुधबार र अस्ति मंगलबार बाहेक अन्य सबैदिन भेटघाट र छलफल भैरहेको छ ’ स्रोतले बतायो ।
मंगलबार अध्यक्ष प्रचण्ड माडीमा आयोजित खिचडा महोत्सवमा सहभागी हुन चितवन जानुभएको थियो भने हिजो बुधबार राजधानीमा आयोजित माघी महोसत्सवमा सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्