काठमाडौं, ३ माघ । अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो ।
उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनु भयो ।
आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपात हुनेछ ।
शनिबारको मौसम
शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ ।
आइतबारको मौसम
आइतबार देशको पहाडी भूभागमा आंशिक बदली भइ पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुन सक्ने संभावना छ।
प्रतिक्रिया दिनुहोस्