ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश आन्दोलनका सहिदको सम्झनामा आज बलिदानी दिवस, प्रदेश २ मा सार्वजनिक विदा


एबीसी न्यूज
५ माघ २०७६, आइतबार   ९ : ४५   बजे

जनकपुरधाम, ५ माघ । प्रदेश २ सरकारले आज आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिएको छ। मधेश आन्दोलनका सहिदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ।

प्रदेश सरकारले यसपटक वीरगञ्जमा बलिदानी दिवस मनाउने निर्णय गरिसकेको छ। आइतबार वीरगञ्जमा मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्री, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने जनाएको छ।

यस्तै समाजवादी पार्टी महोत्तरीले महोत्तरीको परौलमा बलिदानी दिवस आयोजन गरेको छ । उक्त कार्यक्रममा पहिलो तथा दोश्रो मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य तथा निर्वातमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले जानकारी दिनुभयो। उहाँका अनुसार प्रगतिशील मधेशी समाजले समेत सहिद परिवारलाई आज दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको छ।

मधेशवादी दलले प्रत्येक वर्ष माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group