ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माघ महिनाभर चल्ने यस स्वस्थानी व्रतमा महिलाहरु किन व्रत बस्ने गर्दछन् (भिडियोसहित)


एबीसी न्यूज
५ माघ २०७६, आइतबार   १ : ०७   बजे

काठमाडौं,  ५  माघ ।  हिन्दु धर्मग्रन्थ अनुसार माघ महिनमा स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने क्रम जारी छ । यस माघ महिनाभर चल्ने यस स्वस्थानी व्रतमा महिलाहरु स्नान गरी व्रत बस्ने गर्दछन् । पार्वतीले एक महिनाभर कठोर व्रत बसी भगवान शिवजीलाई पतिको रुपमा पाएको महिमा यस व्रत कथामा उल्लेख छ ।

यस वर्ष पुष २५ गते देखि स्वस्थानी व्रत प्रारम्भ अर्थात् माघ स्नान सुरु भएको हो । पौष शुक्ल चतुदर्शीका दिन हात, गोडाको नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यो व्रतको सुरुवात हुन्छ । हिन्दु धर्मशास्त्र अनुसार सत्य युगमा महादेवकी पत्नि सतीदेवीले आफ्ना पतिलाई आफ्नो पिताले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्याग गरेकी थिईन् । सो पश्चात् हिमालयकी छोरीको रुपमा पार्वतीको जन्म भएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाई्रन्छ ।

पार्वती सानै उमेरदेखि नै महादेव पति पाउ भन्ने कामना गरिरहन्थिन् । तर जब पार्वती विवाहका लागि योग्य भईन्, उनका पिता हिमालयले पार्वतीको कन्यादान भगवान विष्णुस“ग गरिदिने निर्णय गरे । यो थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको तपस्या गर्न थालिन् । महादेवले पनि पार्वतीलाई विष्णु भगवानको सल्लाह माने आफूलाई पतिको रुपमा पाउने वचन दिएका थिए ।

र विष्णुले पार्वतीलाई विधिवत रुपमा एक महिनासम्म स्वस्थानी व्रत गर्न सुझाव दिएका थिए । यही व्रतको फलस्वरुप नै शिव र पार्वतीको विवाह भएको चर्चा पौराणिक धर्म कथाहरुमा उल्लेख गरिएको छ । यही कथामा आधारित रही माघ महिनामा काठमाडौंको साखुस्थित शालीनदी, पशुपति, गुहेश्वरी लगायत सेतीदेवीका अंग पतन भएका धार्मिक स्थल तथा महादेव मन्दिरहरुमा श्रद्धालुहरुको घु“ईचो लाग्ने गरेको छ ।

शनिबार पशुपतिमा यस्तै श्रद्धालुहरुको दृश्य देखिन्थ्यो । छिमेकी मुलुक लगायत देशका विभिन्न जिल्लाका श्रद्धालुहरु पशुपतिनाथको दर्शन गर्न भन्दै आएका थिए । महादेवको मन्दिरमा आएपछि केही न केही खाएर जानुपर्ने धार्मिक परमपरा पनि छ । अंग्रेजी नया“ वर्ष २०२० देखि आदर्श निर्माण मन्दिर र पशुपति मारवाडी सेवा संघको पहलमा जलपान वितरणको काम पनि भईरहेको छ । दैनिक २ हजार देखि २५ सय जना भक्तजनले यो सेवा लिईरहेको उनीहरु बताउछन् । यसबाहेक पशुपतिमा आउने बेवारिसे शव र दुखी तथा असाह्यहरुलाई पनि वर्षौदेखि उनीहरुले सक्दो सेवा उपलब्ध गराईरहेका छन् ।

पुष, माघ जस्तो जाडोको महिना छ, दर्शन गरेपछि तातो–तातो चिया तथा पानी खान पाएको भन्दै दर्शनार्थीहरु खुसी देखिन्थे । पशुपतिनाथ मन्दिरको दर्शन गर्न भन्दै आएका बालक देखि वृद्धसम्मका श्रद्धालुहरुको आ–आफ्नै मनोकांक्षा छ । ती मनोकांक्षाहरु भगवानले पुरा गर्ने र परिवार, साथीभाई र ईष्टमित्रमा सुख, शान्ती प्राप्त हुनेमा भक्तजनहरु विश्वस्त छन् ।

पवित्र स्वस्थानी व्रत कथा पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना चल्दछ । यो अवधिभर व्रतालुहरुले एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नुपर्ने र पुरुष भए रौं समेत काट्न नहुने धार्मिक मान्यता छ । साथै कसैस“ग झगडा नगर्ने, दुर्वचन तथा झुठो नबोल्ने, क्रोध नगर्ने, चोरी नगर्ने र महिनाभर शुद्ध र पवित्र रहनुपर्ने व्रतकाक कठोर नियमहरु अनिवार्य नियमहरु छन् । यस अवधिभर आफूले चिताएको पुरा होस् भनी सा“झको पूजापछि स्वस्थानी माताको कथा वाचन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu