ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख चयनको उल्झन अझै सुल्झिन सकेन, अध्यक्षद्वयबीच सभामुख खोजीको छलफल तिब्र (भिडियोसहित)


एबीसी न्यूज
५ माघ २०७६, आइतबार   १ : २०   बजे

काठमाडौं,  ५  माघ ।  सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र सहमती जुट्न नसक्दाप्रतिनिधि सभाको बैठक सरेको सरेकै छ । माघ ६ गतेको लागि बोलाइएको बैठकको समय सिमा नजिकिइसक्दा पनि नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा अझैसम्म पनि सहमती जुट्न सकेको छैन । यद्यपी, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलले तिब्रता पाएको छ ।

पुष ४ गतेदेखिसंघीय संसदको पाँचौ अधिवेशन शुरु भयो । पहिलो दिन औपचारिक बैठक बसेर सकिएको प्रतिनिधिसभा बैठक त्यसपछि बस्न सकेको छैन । प्रतिनिधि सभा बैठक सभामुख चयनको उल्झनमा पर्दा पटक पटक मिति तोक्दै स्थगित हुंदै आइरहेको छ । अब माघ ६ गतेको लागि संसदको बैठक बोलाइएको छ तर उक्त बैठक पनि बस्ने नबस्नेमा अझै अन्योलता भने कायमै छ । संसदको अन्यौलता कायम हुनुको मुख्य र एकमात्र कारण हो – सभामुख चयनमा नेकपाभित्र सहमती जुट्न नसक्नु ।

हालसम्म नेकपाले सभामुख कसलाई बनाउने भन्न्नेमा निर्णय लिन नसक्दा प्रतिनिधिसभा बन्धक छ । संसदका अन्य राजनीतिक दलहरुपनि निरिह बनेका छन् । नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बसी माघ ६ गते सभामुख चयन हुनैपर्ने दबाब दिएको छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएर सभामुख पदबाट राजिनामा दिएसँगै सभामुख पद खाली बनेको थियो । पूर्व माओवादी समूहको कोटामा परेको यो संवैधानिक पद पुनः आफ्नै समूहले पाउनुपर्ने तर्क पूर्वमाओवादी नेताहरुमा छ । प्रधानमन्त्रीले भने सरकारलाई सहयोगी हुनेगरी सभामुख चयन हुनुपर्ने भन्दै आफ्ना मान्छे लाइनमा राखेका छन् । नेकपामा पूर्व एमाले र पूर्व माओवादी समूहबीचको सहमति जुट्न नसक्दा सभामुख उल्झन बल्झिएको छ ।

अर्को प्राविधिक समस्या, नेकपा कै उपसभामुख भइरहेको अवस्थामा नेकपाले सभामुख पाउने अवस्था छैन । उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा अझै दिएकी छैनन् । उनको राजिनामा नआउँदासम्म प्रक्रियाले गति पनि लिने पनि देखिदैन ।

सभामुख चयन छिटो गर्नुपर्नेमा नेकपाको सुस्तताका कारण धेरै संसदीय काम अलपत्र भएका छन् । संसद सचिवालयका कामहरु अवरुद्ध भएका छन् । संसदमा १० वटा विधेयक दर्ता भइ वितरण भएका छन् । १५ वटा विधेयक समितिमा विचाराधिन रहेका छन् । प्रतिनिधी सभाबाट पारित भई २ वटा विधेयक राष्ट्रिय सभामा पठाइएका छन् । सभामुख चयन प्रक्रिया सकिएपछि पास भइसकेका आधा दर्जन विधेयक राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पठाउनुपर्ने पनि छ । विविध प्रशासनिक कामहरु अलपत्र अवस्थामा छन् ।

नेकपाका सांसदहरुलाई सभामुख चयन नगरेको, संसदीय भुमिका प्रभावकारी रुपमा निर्वाह गर्न नसकेको भनेर जनताले आरोपित गर्न थालेका छन् । सांसदहरुले शिर्ष नेताहरुलाई भेटी बारम्बार सभामुख चयन टुंग्याएर संसद सुचारु गर्न अनुरोध गरिरहेका छन् ।

यद्यपी, कसलाई सभामुख बनाउने भनेर नेकपाका अध्यक्षद्वय छलफलमा व्यस्त हुन थालेका छन् । यसलाई भने सकारात्मक मान्नुपर्छ । दुई अध्यक्षबीच सहमति हुंदासाथ सभामुखमा कसलाई लैजाने भन्ने निर्णय हुने पक्का छ । यसर्थ, माघ ६ भित्रै अध्यक्षद्वय ओली र प्रचण्डले सभामुख चयनको विषयलाई पूर्णबिराम दिन जरुरी छ । पद र शक्तिको लागि मात्रै राजनीति गरेको होइन भन्ने सन्देश दिन जो कोही योग्य मान्छे छानेर सभामुख बनाउन ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group