ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी सिफारिस भएसँगै पिडितले न्याय पाउने (भिडियोसहित)


admin
६ माघ २०७६, सोमबार   १ : ०२   बजे

काठमाडौं, ६ माघ । लामो समयदेखि रिक्त रहेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस भएसँगै पिडितले न्याय पाउने र दोषीले कारबाही भोगी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुने अपेक्षा गरिएको छ । यद्यपी पिडितले अझै काम सम्पन्न हुनेमा आशंका भने व्यक्त गरिरहेका छन् । राजनीतिक दलले भने अब शान्ति प्रक्रियाका बाँकी काम सकिने दिशामा अघि बढेको प्रतिवद्धता गरेका छन् ।

शनिबार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा अध्यक्षसहित सदस्यहरुको नाम सिफारिस भयो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले कानूनमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गर्यो । अब बस्ने मन्त्रिपरिषद् बैठकले सबै पदाधिकारीको नाम अनुमोदन गर्ने कानून न्याय, तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ । गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् । शान्ति प्रक्रियाका बाँकी काम १३ वर्षदेखि अलपत्र परेका छन् । दुवै आयोगले विगतमा आफुले पाएको जिम्मेवारी पुरा गर्न सकेनन् । आयोगको पूर्णतासँगै अब बाँकी कामहरु अघि बढ्छ कि भन्ने विश्वास गरिएको छ ।

सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिहरुको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न २०७१ साल माघ २७ गते स्वतन्त्र, निष्पक्ष, जवाफदेही र उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरिएको थियो । त्यसैगरी, सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पार्ने घटनाको छानबिन गरी वास्तविक तथ्य पत्ता लगाउन र पीडितलाई परिचयपत्र प्रदान गरी परिपूरणको व्यवस्था गर्न तथा त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको लागि सिफारिस गर्न सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग समेत गठन भएको थियो । तर कार्यादेश अनुरुपको काम त भएन नै राजनीतिक दलहरुको स्वार्थ र खिचातानीका कारण पिडितले हालसम्म पनि न्याय पाएका छैनन् । अझैपनि द्धन्द पिडितहरु, पिडित परिवारको अभिभावकत्व राज्यले लिनुपर्ने माग गरिरहेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा हत्या, अपहरण, शारिरिक मानसिक यातना, अंगभंग बनाउने, वलात्कारका घटना, विस्थापन लगायतका विषयमा करिब ६३ हजार उजुरी छन् । आयोगले उजुरी फाइलिङ गरेर राख्ने बाहेक कुनै प्रक्रिया अघि बढाउन सकेको छैन । ऐन, नियममै लामो समय अड्किएको आयोगका पदाधिकारीले राम्रो काम गर्न नसकेकोले लक्ष्य अनुरुपको काम हुन नसकेको हो ।
यता, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको हालत पनि उस्तै छ । कुल ३१९७ उजुरी परेको भएपनि आयोगले २४ जना व्यक्तिलाई मात्र फेला पारेको छ । केही बिस्तृत छानविन भइसकेका छन् भने केही छानविन हुन बाँकी छ । हालसम्म कुल २५२३ व्यक्ति बेपत्ताकै सूचिमा छन् । अझै ११ जिल्लामा बिस्तृत छानविन गर्न नै बाँकी छ । पिडितहरु ऐनलाई पिडितमैत्री बनाएर संशोधन गर्नुपर्ने माग गरिरहेका छन् । १३ वर्षसम्म हुन नसकेको काममा अझै हेलचेक्राइ हुने हो कि भन्ने आंशक उत्तिकै छ ।

राजनीतिक दल एक भएको भए आज शान्ति प्रक्रियाका बाँकी काम सबै सम्पन्न भइसकेको हुनेथियो । आजको दिनमा हिजोको सत्ता पक्ष र प्रतिपक्षको राजनीतिक समिकरण पनि बदलिएको छ । शिर्ष नेताहरुमा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सहमती जुटीसकेको र पिडितका माग पनि सम्बोधन हुने भएकाले अब आशंका नरहेको नेताहरु बताउँछन् । दुई आयोगको पूर्णतासँगै बाँकी काम सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ । राजनीतिक दलले इमान्दारीताका साथ सत्यतथ्य छानविन गर्न कञ्जुस्याईं गर्नु हुँदैन । पिडितको कुरा सुन्नुपर्छ । पिडितले पनि छानविनमा सहयोग पुराउनुपर्छ । द्धन्दको घाउलाई सदाको निम्ति मेटेर देश विकास र समृद्धिको मार्गमा अघि बढ्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu