काठमाडौं, ७ माघ । नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । संघीय संसद सचिवालयमा मंगलबार उहाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण समर्थक रहेका छन्।
यसैवीच सभामुख पदका लागि संसद सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्