ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री डा खतिवडा


एबीसी न्यूज
७ माघ २०७६, मंगलबार   ३ : २५   बजे

काठमाडौं, ७ माघ ।  अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भन्नुभयो ।मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो,“अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।”नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको बताउँदै उहाँले भन्नुभयो, “निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ, त्यो स्वागतयोग्य हो ।”

विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो रु भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रहेको जनाउनुभयो । विवेकपूर्ण ढङ्गले अर्थतन्त्रको व्याख्या गर्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो,“अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गरोस् भन्नुभयो । बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताउनुभयो ।

पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रुपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिनुभयो ।

बैकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिनुभयो । बैंकको एक लाख ४२ हजार ऋणीमध्ये उत्कृष्ट कारोवार गर्ने, बैंकमा लामो समय सेवा गरेका र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो ।

कर्जा प्रवाह १४ अर्बले बढ्यो

बैंकले गत पुस मसान्तसम्म कूल १२७ अर्ब निक्षेप र ११७ अर्ब प्रवाह गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८ अर्ब र कर्जामा रु १४ अर्ब वृद्धि भएको बैंकले जनाएको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जातर्फ दुई हजार ५०० बढी ग्राहकलाई रु ५ अर्ब भन्दा बढी लगानी गरेको छ ।

बैंकको सञ्चालन मुनाफा ८ प्रतिशतले बढेर रु ५३४ करोड पुगेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिनुभयो । हाल बैँकले निष्क्रिय कर्जा ३।२९ प्रतिशतमा राख्न सफल भएको छ । बैंकको आव २०७५/७६ को वार्षिक साधारणसभा पश्चात अधिकृत पूँजी रु २१ अर्ब र कूल चुक्ता पूँजी रु १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार छ ।

नयाँ वर्ष २०७६ को शुभारम्भसहित सरकारले ल्याएको सबै नागरिकको बैंक खाता अभियालनलाई कृषि विकास बैंकले महत्वपूर्ण टेवा पु¥याएको छ । त्यसअन्तर्गत हालसम्म ५२ हजारभन्दा बढी जनताको बचत खाता खोलिएको बैंकले जनाएको छ । बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश २४ प्रतिशत र बोनश शेयर ६ प्रतिशत गरी ३० प्रतिशत लामांश वितरण गरेको छ । बैंकबाट प्रवाह गरिएको कर्जामध्ये ८० प्रतिशत १० लाखभन्दा कमका रहेका छन् ।
कृषिका साथै पर्यटन, जलविद्युत्लगायत उत्पादनमूलक एवं प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ । कृषि क्षेत्रको माध्यामबाट समग्र मुलुकको विकास गर्ने उद्देश्यले २०२४ माघ ७ गते बैंकको स्थापना गरिएको थियो । समारोहमा ‘बैंक समाचार’ विशेषाङ्कको विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group