ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको समृद्धिका लागि सुख्खा बन्दरगाहले सहयोग पुर्याउने सरकारको विश्वास (भिडियोसहित)


एबीसी न्यूज
८ माघ २०७६, बुधबार   ९ : २९   बजे


काठमाडौं, ८ माघ । देशमा अहिले आर्थिक समृद्धि र विकासको लक्ष्य हासिलका लागि विभिन्न तहमा विकास सम्बन्धित बहस तथा कार्ययोजना निर्माणहरुको गतिविधि जारी छ ।

विशेषगरी स्वदेशी उत्पादनमा वृद्धि, निर्यातमुखी अर्थतन्त्र र प्रतिस्पर्धी वैदेशिक व्यापारका लागि आवश्यक भौतिक तथा कानुनी संरचनाको विषयमा तातो बहस भईरहेका छन् । सरकारको दिर्घकालीन योजना अन्तर्गत विगत देखि वर्तमानसम्मको कार्यमुल्यांकन, सुधार एवम् विकास गर्दै आगामी २५ वर्षमा १२ हजार १ सय अमेरिकी डलर प्रतिव्यक्ति आय पु¥याउने योजना रहेको छ ।

हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलरको सेरोफेरोमा छ । आगामी २५ वर्षमा अर्थात् विसं. २१०० सम्म के प्रतिव्यक्त आय १२ हजार १ सय अमेरिकी डलर पुग्ला ? मानव विकास सूचकांक ० दशमलव ७६ र आर्थिक वृद्धिदर औसत १० दशमलव ५० प्रतिशत होला ? नेपालको आर्थिक वृद्धिदर अहिले ६ प्रतिशत भन्दा माथि छ ।

समृद्ध नेपाल र सुखी नेपालीको लोकप्रिय नारालाई आत्मसात् गरिरहेको सरकारको लक्ष्य प्राप्तिका लागि कसले के र कस्तो भूमिका खेल्ने ? यो गम्भीर प्रश्न हो । त्यसो त, केन्द्रिकृत विकासको मोडलमा रहेको आर्थिक विकास संघियतासँगै विकेन्द्रीकरण हुंदैछ । विस्तारै देश विद्युतमा आत्मनिर्भर बन्दैछ । अब निर्यातमा ध्यान दिनुपर्ने बताउंछन् उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोतिलाल दुगड । भारतदेखि चीनसम्ममा ट्रान्जिट पोइन्ट बनाउने योजना रहेको भन्दै दुगडले वीरगञ्ज जस्ता सुख्खा बन्दरगाहहरुले निर्यातलाई समेत सहयोग पुर्याउने दुगड विश्वास गर्छन् ।

नेपाल र चीन सरकारबीच मुख्य ६ वटा नाकाको विकास गरिने सम्झौता भएको छ । जसमध्ये २ वटा नाकामा पूर्वाधार विकास गरिसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

सन् २०२० देखि चीनसँगको ४ वटा समुद्री बन्दरगाह खुला भईसकेको छ । विराटनगर एकीकृत चेकपोष्टको निर्माण सम्पन्न भएको छ । चोभारको सुख्खा बन्दरगाहको काम २५ प्रतिशत सम्पन्न भएको र चीनसँगको व्यापार सहजीकरणको लागि रसुवामा पनि बन्दरगाह निर्माणको काम जारी छ । योजनाबद्ध आर्थिक सामाजिक विकास तथा वैदेशिक व्यापार सहजीकरणका लागि संस्थागत सुधार एवम् भावी योजना निर्माणका कामहरु भईरहेको समितीले जनाएको छ ।

देशको आर्थिक विकासका लागि पहलहरु भएपनि प्रतिस्पर्धी क्षेत्रमा ह्रास हुदै गएको नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कम्लेशकुमार अग्रवाल बताउँछन् । वीरगञ्ज जस्ता सुख्खा बन्दरगाहबाट उद्योग एवम् राज्यलृ जति फाईदा लिन सक्नुपर्नेमा त्यसो हुन नसकेको उनी बताउंछन् । उद्योगी एवम् व्यवसायीहरुले अझै पनि अनावश्यक शुल्क तिरिरहनुपरेकोप्रति उनले ध्यानाकर्षण गराएका छन् ।

लामो समयको अस्थिर राजनीतिले पनि देश विकासमा नकरात्मक प्रभाव पारि नै रह्यो । सत्ता परिवर्तनसँगै भएका संरचना परिवर्तनका कारण पूर्वाधार तथा विकास निर्माणमा समस्या आईरहेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेख राज भट्ट बताउँछन् । समग्र देश विकासका लागि राजनीतिज्ञहरु पनि रुपान्तरण हुनुपर्ने बताउँदै उनले सामूहिक रुपमा मिलेर काम गर्नुपर्ने बताएका छन् ।

सरकारले आगामी ५ वर्षमा विकासोन्मुख राष्ट्रमा र विसं. २०८५ सम्ममा मध्यम आय भएको स्तरोन्नति हुने लक्ष्य लिएको छ । पूर्वाधार तथा व्यापार क्षेत्रको विकास विस्तारका लागि सरकारले गरिरहेको काम सकारात्मक छ । समृद्ध नेपाल निर्माणका लागि विभिन्न क्षेत्रमा देखा परिरहेका संरचनागत तथा नितीगत समस्यालाई समाधान गर्दै योजनाबद्ध ढंगबाट अघि बढ्न सक्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu