ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउँमा हराएका तीन नेपाली र चार कोरियाली पर्यटक हिउँमै पुरिएको आशङ्का


एबीसी न्यूज
८ माघ २०७६, बुधबार   १२ : २५   बजे


कास्की, ८ माघ ।  अन्नपूर्ण पदमार्गमा हराएकाहरु हिउँमै पुरिएको आशङ्का गरिएको छ । कोरियाली उद्धार टोलीले ल्याएको प्रविधिले बेपत्ता भएकाहरु हिउँमै पुरिएको सङ्केत गरेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताउनु भयो । कोरियन उद्धार टोलीले ल्याएको ‘मेटल डिटेक्टर’ ले चेक गर्दा सकारात्मक रिजल्ट आएको छ’ उहाँले भन्नुभयो, ‘मेटल डिटेक्टरले मानिसले बोकेको झोला मोबाइलको ‘डिटेक्ट’ गरेको आधारमा आशङ्का गरिएको हो’ । यद्यपि पत्ता लागेको ठाँउहरुमा मानिसबाट छोडिएका झोला, मोबाइल अथवा अन्य कुनै धातुजन्य वस्तुमात्रै पनि हुन सक्ने भुजेलको भनाइ छ । ‘मेटल डिटेक्टर’ ले पत्ता लगाएको ठाँउमा रातो रिबन राखेर सङ्केत गरिएको छ । प्रविधिले पत्ता लगाएको ठाउँमा बेपत्ता भएकाहरुको खोजी गर्न हिउँ उत्खननका लागि नेपाली सेनाको तालिम प्राप्त १५ जनाको टोली हेलिकोप्टरमार्फत देउरालीमा अवतरण गरिसकेका छन् । गएको शुक्रबार भएको हिमपात र हिमपहिरोको कारण बेपत्ता भएका तीन नेपाली र चार कोरियाली पर्यटकसहित सात जनाको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group