ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिडियो कन्फ्रेसमार्फत् विराटनगरस्थित एकीकृत जाच चौकीको उद्घाटन (भिडियोसहित)


एबीसी न्यूज
८ माघ २०७६, बुधबार   १ : ५०   बजे

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् विराटनगरस्थित एकीकृत जाच चौकीको संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीको हैदराबाद हाउसबाट एकै समयमा स्वीच थिचेर चौकीको शुभारम्भ गरेका हुन् ।

मोरङको विराटनगर महानगरपालिकास्थित बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाच भन्सार विन्दु (आईसीपी)को बिधिवत रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गरेका छन् । उद्घाटनसंगै दुबै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन समेत गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध अझ उचाइमा पुगेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले गोरखा र नुवाकोटमा भएको पुनर्निमाण देखेर खुसी भएको समेत बताए । गोरखा र नुवाकोटमा भारतीय सहयोगमा निजी आवास बनेको छ । मोदीले ४०– ५० हजार घरको पुनर्निर्माण भइसकेको भन्दै बाकी घरको पनि चँडै पुनर्निर्माण गरेर हस्तान्तरण गर्ने विश्वास ब्यक्त गरे । यस्तै मोदीले नेपालको विकासमा भारत विश्वसनीय साझेदार भएको बताए । उनले आगामी दिनमा पनि सहकार्य गर्न भारत तयार रहेको प्रतिवद्धता समेत दोहो¥याए ।

आयात तथा निर्यात पारवहन सहज बनाउन १ अर्ब १४ करोड भारतीय रुपैयाको लागतमा आईसीपी भवन निमार्ण गरिएको हो । १ सय २९ बिघामा फैलिएको आइसीपी भवनमा एकैपटक १ सय ३० मालवाहक सवारी पार्किङ व्यवस्थाको साथै मुख्य प्रशासनिक भवन गोदाम, पशु तथा कृषि क्वारेन्टाइन जाच केन्द्र, बैकिङ भवन, सुरक्षा ब्लक, विद्युतगृहको व्यवस्था रहेको छ ।

दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन सन् २०१० मै नेपाल भारतका प्रमुख नाकाहरुमा विभिन्न चारवटा आईसीपी बनाउने सहमति अनुसार वीरगन्ज, विराटनगरको भवन निमार्ण सम्पन्न गरिएको हो । भवन सञ्चालनमा आएसंगै ट्रान्सपोर्टको डिटेन्सन चार्जबाट छुटकारा मिल्नुको साथै नेपाली व्यवसायीलाई आयात नियार्तमा सहज हुने व्यवसायीको भनाइ छ ।

आईसीपी संचालनमा आउदा पूर्वी नेपालबाट हुने वैदेशिक व्यापार थप सहज हुन गई लागत पनि घटने विश्वास गरिएको छ । यसपछि भैरहवा र नेपालगंजको आईसीपीको काम को तयारी समेत दुबै देशले गरिरहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group