ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे ल्याउने तर्फ केन्द्रित हुदा पर्यटन बोर्ड एक महिना देखि नेतृत्वबिहिन (भिडियोसहित)


एबीसी न्यूज
१० माघ २०७६, शुक्रबार   ११ : २४   बजे


काठमाडौं, १० माघ । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएका नेपाल पर्यटन बोर्ड नेतृत्वबिहिन भएको एक महिना भन्दा बढी समय व्यतित भएकोे छ । छनोट प्रक्रिया चरणमा राजनीतिक बिवाद हुदा“ प्रमुख छनोटमा ढिलाई भइरहेको छ । २० लाख पर्यटक भित्रयाउने उदेश्यले सन्चालित भ्रमण वर्ष २०२० को सुरुवात भए देखि नै बोर्ड नेतत्वबिहिन हुदा राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधिमा समेत गम्भीर असर परिरहेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले नियमित अवकास पाएको एक महिना बितिसक्दा पनि नेपाल पर्यटन बोर्ड नया“ नेतृत्व पाउन सकेको छैन । बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आइतबार बोर्डको सीईओ छनोट समितिले धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंह ऐरको नाम सिफारिस गरेपनि आफनो राजनितिक पुर्वाग्रहले कार्यकारीप्रमुख नियुक्ति प्रक्रियामै अल्मलिएको देखिन्छ । सिइओ छनोटमा हु“दा बिगत लामो समय देखि बोर्डको नियमित बैठक नै बस्न सकेको छैन । भ्रमणवर्षको प्रवद्र्धन गर्न, समग्र पर्यटनसंग सिधै सरोकार राख्ने संस्थाको प्रमुख नहुदा पर्यटन क्षेत्र बेसाहारा जस्तो देखिएको पर्यटन बिज्ञ आदित्य बराल बता“उछन् ।

पर्यटन बोर्डमा कार्यकारी प्रमुख छनोट गर्न बोलाइएको बैठक पटक पटक बिवाद मिलाउन नसक्दा बैठक सार्ने काम भई रहेको छ । राजनितिक हस्तक्षेत्र बढेकै कारण एक महिना बित्दा समेत बोर्डले प्रमुख छनोट गर्न नसकेको बोर्ड भित्रका सदस्यहरुको गुनासो रहेको छ । नेपालको भ्रमणवर्ष २०२० मनाइरहदा बोर्ड नेतृत्व बिहिनताले नियमित कार्यक्रममा समेत असर परिरहेको पर्यटन व्यवसायीको गुनासो छ ।

एक महिनाको समय बितिसक्दा पनि नयँ प्रमुख नियुक्ति प्रक्रियामै अल्मलिनुले नेपाल भ्रमणवर्ष २०२० का लागि लिइएको २० लाख पर्यटक भित्रयाउने लक्ष्यमा चूनौती देखिन्छ । बोर्डमा नया“ नेतृत्व दिनका लागि न पर्यटन मन्त्रायलले नै चासो देखाएको छ नत सरकारले नै । भ्रमण वर्षको सुरुकै महिना देखि नै पर्यटन बोर्ड नेतत्वबिहिन हुदा समेत नियमन निकायमा राम्रो मान्छे भन्दा पनि हाम्रो मँन्छे ल्याउने तर्फ केन्द्रित हुदा बोर्ड सिइयो बिहिन बनेको छ ।

माघको पहिलो साताभित्रै सिइओको टुगो लाग्ने भनेर बताइएता पनि छनोट प्रक्रियामै बिवादको कारण सिइयो नियुक्तिमा ढिलाइ भएको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु मुख्य जिम्मेवारी हुने बोर्डको प्रमुख नियुक्तिमा देखिएको बिवादले भ्रमणवर्षलाई समेत ठुलो धक्का लाग्ने पर्यटन व्यावसायीहरुको गुनासो छ ।

वोर्ड प्रमुख बिहिन हुदा राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधिमा समेत अवरोध देखिएको छ । मुलुकको समृद्धिको मुख्य आधार पर्यटन क्षेत्रलाई लिने र पर्यटन प्रवद्र्धन गर्ने मुख्य निकायमा नै प्रमुख नियुक्तीको विषयमा राजनितिक भागबण्डाले यस क्षेत्रको बिकास कसरी गर्न सकिएला ? त्यसैले नेतृत्व बिहिन बनेको बोर्डमा देखिएको बिवाद लाई समाधान गरी तत्काल बोर्डमा कार्यकारी प्रमुख नियुक्तीका लागि सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu