ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरी पर्साले ६ महिनामा ६ करोड भन्दा बढीको अबैध सामान पक्राउ


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   ९ : २३   बजे


विरगंज १२ माघ ।  सशस्त्र प्रहरी बल पर्साले चालु आर्थिक बर्ष ०७६/०७७ को छ महिनामा करिव सवा छ करोड रुपैया बराबरको अबैध भन्सार छलेर भित्रयाउदै गरेको सामान पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंज पर्साले चालु आर्थिक बर्षको श्रावण देखी पौष मसान्त सम्ममा ६ करोड २० लाख ९३ हजार ६ सय ५ रुपैया बराबरको तस्करीको सामान सहित गाडीहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण बीरगंजले पर्सा जिल्लामा रहेको बिभिन्न बिओपीहरु लगायत गणले अबैध सामान लागु औषध गाजा चरेश, मोटर साईकल, कार जिप, कुखुराको चल्ला, लत्ता कपडा, काठ, ठूलो तथा साना बन्दुक र गोली, भारतिय ५ सय र २ हजारका नोट लगायत नियन्त्रणमा लिएर उक्त मुल्य बराबरको सामानहरु बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले जनाएकाछन ।

त्यसैगरी सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट बिभिन्न अबैध कारोवार प्रतिवन्धीत भारतिय रुपैया, लागु औषध, हातहथियार र गोली र तस्करीमा संल्गन रहेको ५२ जना ब्यक्तीहरुलाई समेत नियन्त्रणमा लिएको १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक कु“वरले बताउनु भएको छ ।

सशस्त्र प्रहरीले चालु आर्थिक बर्षको श्रावण देखी पौष मसान्त सम्ममा २४ लाख ४६ हजार ७५ रुपैया मुल्य बराबरको ६ सय ५१ क्युफिट का“चो सालको काठ, २० केजी लागु औषध गाजा र ५६ किलो ८ सय ६० ग्राम चरेश , लागु औषध टि टि ईन्जेक्शन र टयावलेट १० हजार ६ सय ४७ गोटा, १२ बोरको बन्दुक १ नाल र ३ राउन्ड गोली र भरुवा बन्दुक १ थान, १ सय ५० किलो ग्राम बारुद, ४ केजी ८ सय ९ ग्राम चा“दी, प्रतिबन्धीत भारतिय रुपैया १७ लाख ४४ हजार ४ सय १५ रुपैया, अबैध कुखुराको चल्ला १० हजार गोटा, र सानो तथा ठूलो सवारी साधनहरु ८८ थान र अबैध भन्सार छलेर नेपाल भित्रयाउदै गरेको साडी, कुर्ता शुरुवाल, सटि∙ सुटि∙को कपडा लगायत खाधान्य सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी भन्सार कार्यालयमा बुझाइृएको सशस्त्र प्रहरीका एसपी कु“वरले बताए । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंज पर्साले गत बर्ष ०७५/०७६ को छ महिनामा ४ करोड ५८ लाख ९० हजार ८ सय ९७ रुपैया बराबरको मात्र अबैध सामानहरु पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंज पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कु“वरले बताउनु भयो ।

सशस्त्र प्रहरीले गत बर्ष ०७५\०७६ को छ महिनामा भन्दा चालु आर्थिक बर्ष ०७६/०७७ को छ महिनामा झण्डै करिव ३५ प्रतिशत बढी अबैध तस्करीको बिभिन्न सामानहरु पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक कु“वरले दावी गरेकाछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group