ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तामाङ समुदायले शनिबार राष्ट्रिय सोनाम ल्होसार २८५६ तथा नयाँ वर्ष भव्यताका साथ मनाए (भिडियोसहित)


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   १ : ३८   बजे


काठमाडौं, १२ माघ ।   तामाङ समुदायले शनिबार राष्ट्रिय सोनाम ल्होसार २८५६ तथा नयाँ वर्ष भव्यताका साथ मनाएका छन् । राजधानी काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रम गरेर यो पर्व मनाएका हुन् । सु“गुर वर्ष पूरा गरी मुसा वर्ष प्रारम्भ भएको अवसरमा माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाईएको हो । यस वर्ष सोनाम ल्होछारको अवसरमा संघीय सरकारले सार्वजनिक बिदा नदिएको र राष्ट्रिय पर्वको रुपमा मान्यता नदिएकोले तामाङ संस्कृतिलाई राज्यले विभेद गर्दै सांस्कृतिक अतिक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व शनिबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ । तामाङ समुदायले आजको दिनदेखि नयाँ वर्ष प्रारम्भ भएको मान्दछन् र आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउँछन् । सु“गुर वर्षलाई बिदा गर्दै र मुसा वर्गको स्वागत गर्दै तामाङ समुदायले सोनाम ल्होछार मनाएका हुन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार पर्व मनाउने गरिन्छ ।

शनिबार काठमाडौंको टुडिखेलमा नेपाल तामाङ घेदुङ लगायत तामाङ समुदायसँग आवद्ध विभिन्न संघसंस्थाले राष्ट्रिय सोनाम ल्होछार २८५६ तथा तामाङ सांस्कृतिक महोत्सव भव्यताका साथ मनाएका छन् । मोहन गोले, अध्यक्ष, नेपाल तामाङ घेदुङ
नेपालमा पुस्तौंदेखि मनाउँदै आईएको भएपनि वि.सं. २०५१ सालदेखी खुला रुपमा मनाउन थालिएको हो । परापूर्वककालदेखि चल्दै आएको संस्कृतिको रक्षा र नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्नको लागि पनि यो पर्व मनाइदै आएको तामाङ समुदायका अग्रजहरु बताउँछन् ।

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । समग्र जीव–जन्तु, मानवप्राणी लगायत समाज, देश र विश्वभर नै शान्तीको कामना गर्दै पनि यो पर्व मनाईने उनीहरुको भनाई छ ।

ल्होछार पर्वको अवसरमा प्रदेश नं. ३ सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । यो दिनमा तामाङहरुले आफ्नो भेषभुषामा सांस्कृतिक कार्यक्रम गर्ने तथा सेल, रोटी, खाप्से लगायतका तामाङको मौलिक परिकारहरु बनाएर सोलीमा राखी खाने गरिन्छ । नयाँ वर्ष तथा सोनामा ल्होछारको दिन पारिवारिक भेटघाट गरेर मिठोमसिनो खाने, रमाइलो गर्ने, सुखदुख बाड्ने र आफुभन्दा ठुला मान्यजनबाट आर्शिवाद लिइन्छ ।

विविध जातजाति र भाषा संस्कृतिले सजिएको नेपालमा नेपालमा ठूलो जनसंख्या ओगटेको तामाङ समुदायको ल्होछारले पनि नेपाली कला, संस्कृति र पहिचानको प्रतिनिधित्व गरेको छ । तर नेपालमा तामाङ लगायत विभिन्न समुदायले मनाउने ल्होछारको बिदाको सन्दर्भमा सबै समुदायले असन्तुष्टि जनाउँदै आएका छन् । यसर्थ बहुजातिय, बहुभाषिक तथा बहुधार्मिक देशको सबै संस्कार तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि सम्बन्धित पक्ष लगायत सबैको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group