ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाईरस नेपालमा पनि देखिए पछि कस्तो छ सरकारको तयारी (भिडियोसहित)


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   १ : ५१   बजे

काठमाडौं, १२ माघ ।  चीनीया कोरोना भाईरस नेपालमा पनि देखिएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण यतिवेला अन्य देशमा पनि फैलिसकेको छ । अमेरिका,थाईल्याड,भारत,कोरीया लगायतको देशमा कोरोना उच्च जोखिम घोषणा गरि सरकारले सतर्क रहन आव्हान समेत गरिसकेको छ । छिमेकी मित्रराष्ट्रि चिनले संक्रमितलाई उपचार गर्नका लागि वुहानमा हजार सैयाको अस्पताल ५ दिन भित्र सक्ने गरि उच्च सतकर्ता अपनाएको छ । नेपालले पनि यस रोगबाट वच्न सुरक्षा रणनीति आलम्वन गर्न जरुरी छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंङया मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनबाट फर्कीएका एक जना नेपालीमा संक्रमण देखिएको छ भने थप तीन जनामा कोरोनाबाट संक्रमित भएको हुनसक्ने आसंका ब्यक्त गरेको छ । कोरोना फैलिन नदिन मन्त्रालयले कार्ययोजना वनाई तत्काल यसको निबारणको लागी पहल गरि सकेको जनाएको छ ।

यस भाइसरबाट हाल सम्म ४ जनामा नोवेल कोरोना भाईरस देखा परिसकेको छ । जसबाट नेपालले पनि सतर्कता अपनाई कोरोना फैलिन नदिन उच्च सुरक्षसर्तकता अपनाउन आवश्यक छ । भ्रमण वर्ष २०२०मा दैनिक हजारै पर्यटक नेपाल आउने गर्छन । चिनबाट मात्र दैैनिक सयैंको संङख्यामा मानिस नेपाल आउने गर्छन् । नेपाल भ्रमणमा आउने यात्रुबाट कोरोना फैलिने सम्भावना उच्च रहेको छ । नेपालमा विदेशमा जस्तो भाइसर पत्ता लगाउने न ल्याव रहेको छ न त रोगीलाई छुटै राखेर उपचार गर्ने अस्पातलाहरु छन् ।

त्यसैले नेपालमा सुरक्षा सर्तकता अपनाउनुनै उतम उपया हो । उता थाइल्यान्डले नया कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियँ पर्यटक रहेका छ । जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनिया शहर बुहानका वा त्यहाबाट फर्किका मानिस भएको अधिकारीहरुले जनाएका छ । यसैबीच ताइवानले पनि एकजना संक्रमित भेटिएको बताएको छ । भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गर्ने बेला भइसकेको केही विज्ञले बताएका छन ।

उता प्रकोप फैलिएको बुहानमा सार्वजनिक यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ । झण्डै एक करोड जनसंख्या रहेको बुहान शहरका वासिन्दालाई त्यस क्षेत्र छाडेर अन्यत्र नजान र बाहिरका मानिसलाई त्यहा नआउन सरकारले अनुरोध गरेको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म एक चिनीया चिकित्सक सहित ४२ जना भन्दा बढिको मृत्यु भइसकेको छ ।

भने एक चिनिया नागरीकको सफल उपचार पश्चात घर फर्कीएको छ । कोरोना भाइसरसको सङ्क्रमण थप फैलिन नदिन चिनिया अधिकारीहरूले बुहान शहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण चिनियँ सहर बुहानबाट अन्यत्र फैलिइसकेको छ । चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको संख्या ८ सय बढि पुगेको जानकारी चिनिया स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् । चिनिया अधिकारीहरूले बुहान सहरका दशौं लाख बासिन्दालाई जरुरी काम नभइ शहर नछोड्न निर्देशन दिएका छन् । कोरोना भाइरसबाट अहिलेसम्म बुहानमा रहेका नेपालीहरु भने प्रभावित नभएको बुहानमा रहेका नेपाली चिकित्सक डा.रमेश आचार्यले एबीसी न्यूजलाई जानकारी गराएका छन् ।

कोरोना भाइसरको प्रकोप फैलिएकाले नेपालमा पनि सतर्कता अपनाउनु पर्ने देखिएको छ । कोरोना भाइरसकाके संक्रमण भएमा ज्वरो आउने, श्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ । कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा त्यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आग्रह गरेको छ ।

कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ । त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन । चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ । यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले यात्रुको स्वास्थ परिक्षणमा कडाई गरिएको छ । कोरोनाको जोखिम बढेस“गै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ । रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउने गरिैको महाशाखाले जनाएको छ ।

कोरोना भाइरसबाट सुरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकाले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थलले यात्रुको स्वास्थ परिक्षणमा कडाई गरेको जनाएको छ । तर , कमजोर संयन्त्र र न्युनतम स्वास्थ्य परिक्षणका थोरै उपकरणले स्वास्थय जाच कस्तो होला यसतर्फ भने सम्बन्धित निकाएको ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group