ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकाभित्रका पेट्रोल पम्पहरु पेट्रोल बम जस्तै अवस्थामा (भिडियोसहित)


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   २ : ०१   बजे


काठमाडौं, १२ माघ ।  देशैभरमा करिब १४ सय हाराहारीमा रहेका पेट्रोलपम्पमध्ये उपत्यकामा अवस्थित पेट्रोल पम्पहरु मानवबस्तीका लागि जोखिमपूर्ण रहेको विज्ञहरुले बताउदै आएका छन् । मुख्य सवारी आवगमन हुने बीच सडकमा रहेका पेट्रोलपम्पका कारण आवत्जावत् लगायत ट्राफिक व्यवस्थापनमा पनि असर पु¥याईरहेको छ ।

सुरक्षित सावधानीका अभावमा पटक–पटक पेट्रोल पम्पमा भएका आगलागीका कारण धनजनको क्षति समेत भईरहेको छ । मापदण्डविपरीतका यी पम्पहरुलाई व्यवस्थित गर्न सरकारले आधुनिक पेट्रोल पम्पको अवधारणा ल्याएपनि, कार्यान्वयनको पाटो भने निकै चुनौतीपूर्ण छ ।

काठमाडौंमा वि.सं. २०१२ देखि पेट्रोल पम्प राख्ने व्यवस्था भएको हो । हालसम्म देशैभरमा करिब १४ सयको हाराहारीमा पेट्रोल पम्पहरु स्थापना भईसकेका छन् । जसमध्ये काठमाडौंमा १२३, ललितपुरमा २९ र भक्तपुरमा २० पम्पहरु सञ्चालनमा रहेको नेपाल आयल निगमले जनाएको छ । झण्डै २०, ३० वर्ष अघि वि.सं. २०५० साल ताका खोलिएका अधिकांश पेट्रोल पम्पहरु जोखिमपूर्ण बनिरहेका छन् ।

पम्प लगायतका संरचनाकै कारण आउजाउमा समेत समस्या आईरहेको छ । वर्षौदेखि उपत्यकाबासीले दैनिक रुपमा ट्राफिक जाम र पैदल यात्रुले समेत विभिन्न झन्झटहरु खेप्दै आएका छन् । यति मात्रै होईन सघन बस्तीभित्रै अवस्थित पेट्रोल पम्पहरुमा पटक–पटक विभिन्न दुर्घटनाहरु निम्तिरहेका छन् ।

काठमाडौंको तीनकुने, चाबहिल, बालकुमारी, कोटेश्वर, बल्खु र भक्तपुरका विभिन्न पम्पहरुमा आगलागी भईसकेका छन् । सवारी साधनमा पेट्रोलियम पदार्थ भर्दा–भर्दै समेत आगलागी भएका घटना पनि थुप्रै छन् । घटना एवम् क्षति न्यूनीकरणका संयन्त्रहरु पनि नाजुक रहेको पाठ पनि हामीले नसिकेका हैनौ । पहिले बस्ती बाहिर खोलिएका पम्पआसपास मानवबस्ती बाक्लिएको छ । पम्प सञ्चालकहरुले सडकमै नोजल ल्याएर पेट्रोल, डिजेल भर्नुपरेको अवस्था छ । यसर्थ पनि उपत्यकामा अवस्थित पेट्रोल पम्पहरु मापदण्डअनुरुपका छैनन् ।

काठमाडौं महानगरपालिकाको टेकुस्थित विष्णुमति खोलमा नयाँ बनेको पुल छेउमै कनक टे«ड सेन्टर छ । बीच सडकमै रहेको यो कनक पेट्रोल पम्पका कारण कलंकी, बल्खु र त्रिपुरेश्वरबाट आवतजावत गर्ने सवारीसाधनहरुलाई अप्ठ्यारो परिरहेको छ । सडकको भागमै पेट्रोल पम्पको भण्डारण छ । त्यहीमाथी जोखिम मोलेर यात्रुहरु आवत्जावत् गर्न बाध्य भईरहेका छन् ।

ललितपुर महानगरपालिकाको एकान्तकुना चोकबाट भैसीपाटी तर्फको ओरालोमा गायत्रीदेवी आयल स्टोर छ । मुख्य सडक किनारमा बिना कम्पाउन्ड सञ्चालित यो पेट्रोल पम्प पनि उत्तिकै जोखिमपूर्ण छ । यस्तै जावलाखेल–पुलचोकको एसपी ईन्टरनेशनल ईन्क नामको पेट्रोल पम्प, लगनखेल बसपार्क पछाडि रहेको मञ्जुश्री पेट्रो सेन्टर, कुमारीपाटीको महायान पेट्रोल पम्प, बालाजुको कोतः धुकुः आयल स्टोर्स यी सबै सडक किनारमा छन् ।

पम्प क्षेत्र वरीपरी कही ईलेक्ट्रोक्सि पसल छन् त, कही वाईरिङ हाउस् । जथाभाबी रुपमा मकै पोल्नेदेखि धुम्रपान सेवनका गतिविधिहरु पनि यसै वरपर प्रशस्तै हुने गर्छन् । पेट्रोल बम हो या पेट्रोल पम्प ! त्यही पनि यस्तो जोखिम मोलेर यात्रु तथा सवारी चालकहरु ढुक्कसँग आवत्जावत् गरे झै देखिन्छन् । यति मात्रै होईन, यसले दिनहुँ रुपमा ट्राफिक क्षेत्रमा पनि समस्या उत्पन्न गरिरहेको छ ।

न्यूनतम २० देखि ५० मिटरमा अवस्थित असुरक्षित पेट्रोल पम्प तथा ट्राफिक क्षेत्रको समस्याको व्यवस्थापनका लागि सरकारले शहरी विकास ऐन २०७५ लगायत आधुनिक पेट्रोल पम्पको अवधारणा पनि अघि सारेको छ । तत्कालीन अवस्थामा उपत्यकाको १८ वटा पेट्रोल पम्पलाई स्थानान्तर गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पनि स्थानीय तहलाई निर्देशन दिईसकेको छ ।

तर, वर्षौ पहिलेदेखि अवस्थित संरचनाहरु स्थानान्तरण तथा व्यवस्थापनमा चुनौती धेरै नै छ । झण्डै ४० लाखको जनसंख्या रहेको उपत्यकामा सम्भावित विपत्का बारेमा समयमै गम्भीर रूपमा सोचिनुपर्छ । पम्प आसपासको ठाउँ जोखिमयुक्त क्षेत्र हो । सुरक्षा विनै सञ्चालनमा रहेका पम्पहरू कुनै पनि बेला बारुदको गोलासरह विस्फोट हुनसक्छन् । तसर्थ, सम्बन्धित सबैजना यस विषयमा चनाखो हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group