ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थापन पक्ष र नेता पौडेल पक्षधर विद्यार्थीबीच झडप : नेताकै भागभाग ( भिडियोसहित)


एबीसी न्यूज
१४ माघ २०७६, मंगलबार   ७ : ३८   बजे
https://www.abcnepal.tv/wp-content/uploads/2020/01/83735063_112009543567744_3270481432578174346_n.mp4

काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबार पटक पटक झडप भएको छ । नेपाल विद्यार्थी संघको नेतृत्वका विषयलाई लिएर दिउसो भएको झडप मत्थर हुन नपाउदै साँझ पुन झडप भएको थियो ।

केन्द्रीय समिति बैठकमा भाग लिन पार्टी कार्यालय पुगेका कांग्रेसका केन्द्रीय सदस्यहरुकै झडप हुदाँ भागदौडको भएको थियो । केन्द्रीय समिति बैठकलाई दबाब दिन भेला भएका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीबीच झडप हुँदा नेताहरुबीच नै भागदौड मच्चिएको हो । दिउँसो भएको झडप केही साम्य भए पनि बेलुका चौथो तलमा केन्द्रीय समितिको बैठक सुरु भएसँगै विद्यार्थीबीच ढुंगा हानाहान सुरु भएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक बेलुका ५ बजे मात्र सुरु भएको थियो ।

बैठकले महाधिवेशनको पुरानै मितिलाई सर्वसम्मतले अनुमोदन गरेको छ । केन्द्रीय महाधिवेशन यसअघि तोकिएको मिति २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म नै हुनेगरी तल्ला तहका अधिवेशन केही अगाडी सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार अब १४ औं महाधिवेशन अन्तर्गतका अधिवेशनहरु २०७७ कात्तिक १६ गतेबाट सुरु हुनेछन् ।

त्यस्तै एकभन्दा बढि प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने निर्णय बैठकले सर्वसम्मतिले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । सहमतिमा यो निर्णय भएसँगै कांग्रेसमा देखिएको मंसिर २६ गतेदेखिको गतिरोध तत्कालका लागि अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu