ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पा निर्वाचन क्षेत्र नं २ : पूर्व सांसदबीच कडा प्रतिस्पर्धा


admin
६ मंसिर २०७४, बुधबार   १ : २०   बजे

पाल्पा, ६ मंसिर ।  पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाल)का सोमप्रसाद पाण्डेयबीच कडा प्रतिस्पर्धा हँुदैछ । नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पाण्डेय एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।

नेपाल क्षेत्र नं ३ बाट र पाण्डेय क्षेत्र नं २ बाट संविधानसभा निर्वाचन २०७० मा निर्वाचित पूर्व सांसद हुनुहुन्छ । दुवै नेताहरुले अहिले एउटै निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएपछि चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । तीन निर्वाचन क्षेत्र रहेको पाल्पालाई राज्य पुनःसंरचना गर्दा दुई निर्वाचन क्षेत्र कायम गरिएको थियो ।

विसं२०७०को संविधानसभा निर्वाचनमा नेपालले १३ हजार १३५ मत ल्याएर विजयी बन्नुभएको थियो । उहाँ २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि पाल्पा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । पाण्डेयले १३ हजार १९३ मत ल्याई संविधानसभाको सदस्य बन्नुभएको हो । पूर्व मन्त्रीसमेत रहनुभएका पाण्डेय पाल्पा क्षेत्र नं २ बाट २०५१ र २०५६ सालमा सांसद बन्नुभएको थियोे । त्यसैले पनि यस क्षेत्रको निर्वाचनमा कसको पक्षले विजय सुनिश्चित हुने भन्न कठिन भएको छ ।

दुवै लोकप्रिय नेता भएकाले निर्वाचनमा यसले नै जित्छ भन्न सकिने अवस्था नभएपनि २०७० सालको संविधानसभाको निर्वाचनका आधारमा वाम गठबन्धनको पाल्पाका दुवै निर्वाचन क्षेत्र बलियो देखिएको छ ।निर्वाचनपछि जिल्लामा करिब १८ हजार ७०० मत बढेकाले सो मतदाताको मत नै निर्णायक हुने अनुमान छ ।

संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फ जिल्लामा एमालेले ४२ हजार ५५१, नेकपा माओवादी केन्द्रले १४ हजार ८४८ र नेपाली काँग्रेसले ३८ हजार १९१ मत ल्याएका थिए । २०७० निर्वाचन अनुसार वाम गठबन्धनको ५७ हजार ३९९ मत रहेको छ । काँग्रेसभन्दा १९ हजार २०८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा दलका अध्यक्ष पदका उम्मेदवारको कुल मत जोड्दा काँग्रेसले ४७ हजार २०३ मत ल्याएको थियो भने एमाले ५४ हजार ९४ मत र माओवादीले १६ हजार २६६ मत ल्याएको थियो । अहिले वाम गठबन्धनको ७० हजार ३६१ मत जोडिदा काँग्रेसको भन्दा २३ हजार १५८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ ।

पछिल्लोपटक १८ हजार ७०० मतदाता थपिए पछि जिल्लामा कुल एक लाख ८१ हजार २५५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu