ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका पम्पहरु स्थानान्तरणबारे के भन्छन् सरकार र व्यवसायीहरु ? (भिडियोसहित)


एबीसी न्यूज
१४ माघ २०७६, मंगलबार   १२ : ५५   बजे

 

काठमाडौं,  १४ माघ । पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसार पेट्रोल पम्पहरुको व्यवस्थापन गर्न सरकारले नेपाल आयल निगम र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ ।

नेपाल आयल निगमले सडक मापदण्ड नपुगेका १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पनि पठाई सकेको छ । तर पम्प सञ्चालकहरुले भने सरकारको यो निर्णय जिम्मेवारबिहिन भएको र निर्देशन अनुसार पेट्रोल पम्पहरु स्थानान्तरण गर्न असम्भव रहेको बताईरहेका छन् । उनिहरुले व्यवसायीसंग कुनै छलफल नै नगरी सरकारले एकलौटी निर्णय गरेर अन्यौलमा पारेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार उपत्यकाका १८ पेट्रोल पम्पहरु हटाईदै छ । अब पेट्रोलियम पदार्थ बिक्रेताहरुले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनरुपको संरचना निर्माण गर्नुपर्ने हुन्छ भने सरकारले तोकेको मापदण्डअनुसार नै बिक्रिवितरण गर्नुपर्ने हुन्छ ।

धेरै वर्षअघि खोलिएका पेट्रोल पम्पहरु अहिलेका मापदण्ड अनुरुप नभएको भन्दै सरकारले यो निर्णय गरेको हो । सरकारको यो निर्देशनले व्यवसायीहरु अलमलमा परेका छन् ।

भएका पेट्रोल पम्पहरु कहाँ सार्ने ? कहिलेसम्म सार्ने ? र सो अवधिभर पेट्रोलियम पदार्थको बिक्रिवितरण के कसरी गर्ने ? भन्ने विषयमा व्यवसायी र निजी क्षेत्र रणभूल्लमा छन् । २०७५ को विनियमावली अनुरुप पेट्रोल पम्पहरु स्थानान्तरणको विषय असम्भव जस्तै भएको नेपाल पेट्रोलियम डिलर्स एशोसियसनका महासचिव विश्वप्रसाद अर्याल ले बताए । उनले विकल्पबिना नै सरकारले गरेको यो निर्णय गैरजिम्मेवारपूर्ण रहेको आरोप लगाए ।

विनियमावली २०७५ अनुसार एक पेट्रोल पम्पबाट अर्को पेट्रोल पम्पको दुरी कम्तीमा ३ सय मिटरको हुनुपर्नेछ । बिक्रिवितरण गरिने स्थानमा पक्की भवन, स्थानको तीनैतर्फ १ दशमलव २० मिटरको अग्लो पर्खाल र पर्खालमाथी शून्य दशमलव ९० मिटरको चेनलिङ्ग फेन्सिङ गरेको हुनुपर्नेछ ।

बिक्रीस्थलमा अग्नि सुरक्षा, शौचालय, अपांगमैत्री तथा अन्य विविध व्यवस्था गर्नुपर्ने नियमहरु पनि समेटिएका छन् । स्मार्ट तथा नमुना पेट्रोल पम्पहरुको अवधारणा राम्रो भएपनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण छ । यसबारे हाल सरकार र व्यवसायीबीच विवाद सिर्जना भएको छ । व्यवसायी लगायत सरोकारवालाहरुसँग छलफल गरेरै यो विनियमावली पारित गरिएको नेपाल आयल निगमले निर्धक्कपूर्वक भनिरहेको छ । व्यवसायीहरुले भने यस विषयमा आफूहरुसँग कुनै छलफल र बहस नै नभएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

उपत्यकाको पेट्रोल पम्पहरु स्थानान्तरणको विषयमा निकै किचलो उत्पन्न भईरहेको छ । यद्दपी, बस्ती–बस्तीबीचमा रहेका धेरैजसो पम्पहरु सुरक्षित भने देखिदैन ।

मापदण्डविपरितका यस्ता पम्पहरुलाई स्थानान्तरण गर्ने निर्णयलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर समाधानको उचित मार्ग तयका लागि सरकार र व्यवसायीबिच सहकार्य र समन्वय हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group