ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुक्तानी प्रक्रियालाई सरल बनाउनुहोस्– मन्त्री ज्वाला


admin
१४ माघ २०७६, मंगलबार   १ : ३४   बजे

काठमाडौं,  १४ माघ ।कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सुर्खेत कार्यालयको आज उद्घाटन गर्दै उहाँले नीतिगत, कानूनी र व्यावहारिक समस्या सुल्झाउन सहयोग गरिने बताउनुभयो ।

मन्त्री ज्वालाले सम्पूर्ण कर्णालीवासीलाई बीमाको पहुँचमा ल्याउन राष्ट्रिय बीमा संस्थानलाई आग्रह गर्दैे यस क्षेत्रका जटिलतालाई सरलीकृत गर्न आवश्यक रहेको छ भन्नुभयो । “समस्या पर्दा लाभ लिन सकिन्छ भनेर बीमा गर्ने हो, तर भुक्तानी प्रक्रिया झन्झटिलो हुने गुनासो सुनिन्छ”, उहाँले भन्नुभयो, “बीमा संस्थानले बीमा क्षेत्रका समग्र जटिलतालाई सम्बोधन हुने गरी सरकारसमक्ष प्रस्ताव गरोस्, प्रदेश सरकार जटिलता सुल्झाउन तयार छ ।” संस्थानका अध्यक्ष गङ्गाराम कँडेलले शाखा विस्तारलाई तीव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा क्षेत्रलाई पु¥याउने बताउनुभयो । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले बीमा गर्दा सहज तर भुक्तानी लिँदा असहज हुने प्रक्रिया अन्त्य गर्न संस्थानलाई सुझाव दिनुभयो ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा यस क्षेत्रको तीन प्रतिशत योगदान रहेको जानकारी दिनुभयो । संस्थानले जुम्लामा समेत शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group