काठमाडौं, १४ माघ । मंगलबार देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको मध्य र पूर्वका केहि स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज पश्चिमी भुभागको मौसममा पनि बदली आउने जनाइएको छ ।पश्चिमी न्यून चापीय प्रणालीले गर्दा आज देशका बिभिन्न स्थानको मौसममा नखुल्ने जनाइएको छ । देशका बिभिन्न स्थानमा एकछिन घाम लागेपनि बादल लाग्ने जनाइएको छ । आज पश्चिमका केही स्थानमा हिउँ पर्ने सम्भावना रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्