काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसिसी यसै सदनबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै देउवाले यति धेरै अमेरिकी सहयोग नेपाललाई कहिल्यै नभएको भन्दै एमसिसी पारित गर्नुपर्ने बताउनुभएको हो ।
‘यो धेरैअघि देखि सुरु भएको, नेपालका लागि यो ठूलो सहयोग हो, यसमा अनेक शंका गर्नु जरुरी छैन, अमेरिकाले सैन्य रणनीतिअन्तर्गत हैन भनेको छ, चीनले आपत्ति जनाएको छैन,फेरि कसको आपत्ति हो ? सभापति देउवाले भन्नुभयो ।
देउवाले एमसिसी आफू प्रधानमन्त्री भएको बेला पास भएको र धेरै अघि नै सुरु भएको पनि बताउनुभयो । उहाले नेपालको बिजुली भारतले किन्ने सम्भावना बढिरहेका बेला रोक्ने कुरा आइरहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउनुपर्ने र यसै सदनबाट पारित गर्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्