ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न मुख्यमन्त्री पोखरेलको आग्रह


admin
१४ माघ २०७६, मंगलबार   ४ : ०४   बजे

काठमाडौं, १४ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजनीतिको आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न प्रदेशसभाका सदस्यलाई आग्रह गर्नुभएको छ । प्रदेशसभाका प्रतिपक्ष दलका नेता तथा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको निधनमा नेपाली काँग्रेस संसदीय दल, प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले प्रतीपक्षीय मित्रता गुमाउँदा दुःखी भएका छौँ भन्नुभयो ।

मुख्यमन्त्री पोखरेलले राजनीतिक आन्दोलनमा उहाँजस्ता पात्रको खास भूमिकाले राजनीतिको आदर्श बचाएको उल्लेख गर्दै प्रदेशसभालाई स्थापित गर्न स्व पोखरेलको योगदानको प्रशंसा गर्नुभयो । उहाँले स्व। पोखरेललाई सङ्षर्घशील व्यक्तित्वका रुपमा चित्रण गर्दै प्रदेशसभामा सहमतीय प्रणालीलाई थालनी गरेर अरूका लागिसमेत अनुसरणयोग्य काम गरेको बताउनुभयो ।

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आफ्नो पार्टीप्रतिको लगाव र प्रदेशसभामा उहाँले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सादगी जीवनशैली र जीवनको अन्तिम समयमा पनि लोभलालच नगर्नुभएका स्व पोखरेलकोे आदर्श जीवनशैलीलाई सबैले अनुसरण गर्न आवश्यक भएको बताउनुभयो । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभाका विभिन्न विषयमा सहमति र छलफलबाट निष्कर्षमा पुग्ने नेताका रुपमा उहाँलाई आफूले बुझेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस संसदीय दल, प्रदेश नं ५ का उपनेता वीरेन्द्र कनौडियाको अध्यक्षतामा भएको सो श्रद्धाञ्जलिसभामा पार्टीका प्रमुख सचेतक निर्मला क्षेत्री, समाजवादी पार्टीका सहसराम यादव, राजपाका कल्पना पाण्डे, प्रदेशसभा सदस्य बैजनाथ कलवारले मन्तव्य व्यक्त गर्दै प्रदेशसभाले एक कुशल अभिभावक गुमाएको बताउनुभयो । प्रदेशसभाका प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group