काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशभक्त सरकार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार सत्यका लागि बोल्न नडराउने राष्ट्रिवादी सरकार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– कमरेड, अहिलेको सरकार देशभक्त सरकार हो, यसले कुनै राष्ट्रघाति काम गर्दैन् ।’ राष्ट्रवादी सरकारले देश र जनताको सार्वभौमतालाई बुझेर अगाडि बढेको छ, यो सरकार अनुचित मनोगणन्तेबाट ग्रस्त छैन ।’
उहाँले अमेरिकी सहयोग (एमसीसी) देशका लागि आवश्यक रहेको बताउनुभएको छ । ‘अहिले जुन नबुझेर हल्ला गरिएको छ तर, बुझेर हेर्दा एमसीसी देशका लागि अति आवश्यक सहयोग हो । यो सहयोग भित्र्याउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्