ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिमा रुमल्लिएको सरकारी विद्यालयहरु पनि निजी भन्दा अब्बल बन्दै (भिडियोसहित)


admin
१५ माघ २०७६, बुधबार   २ : २९   बजे

काठमाडौं, १५ माघ । सरकारी विद्यँलयको तुलनामा निजी विद्यालयप्रतिको आकर्षण बढ्दो छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धात्मक हिसाबले सरकारीभन्दा निजी विद्यालयहरुको पाठ्यसामाग्री र शैक्ष्ँिक गुणस्तर स्तरीय रहने आम बुझाई छ । तर, पछिल्लो समय कतिपय सरकारी विद्यँलयहरु पनि सुधारोन्मुख र स्तरीय बन्दै गएका छन् । यति मात्रै होईन, भौतिक पूर्वाधार तथा प्रविधिको प्रयोग लगायत विद्यँर्थीको चौतर्फी विकासका लागि सरकारी विद्यालयले अग्रसरता देखाईरहेका छन् ।

विद्यालय पोशाक, गृहकार्य शैली लगायत समग्र शैक्षिक गतिविधिका आधारमा बोर्डिङ अर्थात् निजी विद्यँलयहरु सरकारीभन्दा उत्कृष्ट छ भनेर अभिभावकहरु आ“खा चिम्लिन्छन् । अंग्रेजी भाषाका पाठ्यपुस्तक अनि अधिकांश अंग्रेजी भाषाकै गृहकार्य । बालबच्चाले पिठ्यु“मा बोक्नै नसक्ने यस्ता गह्रौं शैक्षिक सामाग्रीहरु आफ्ना सन्तानले बोकेर विद्यालय गएको देख्दा अभिभावकहरुलाई थोरै दुख तर धेरै गर्व लाग्छ । नीजि विद्यालयले शैक्षिक गुणस्तरमा समेत सुधार गरेपछि सरकारी विद्यालयप्रति आम अभिभावकको दृष्टिकोण फेरिंदै गएको हो । त्यसैकारण अधिकांश सरकारी विद्यालयमा विद्यार्थी संख्या न्यून समेत बन्दै गयो । चर्को शुल्क तिरे सन्तान बाठा र विद्धान बन्छन् भन्ने चिन्तनले समाजमा गहिरो जरा गाडेको छ ।

आजपनि सरकारी विद्यालयमा पढाए आफ्ना बालबच्चा अरु सरह प्रतिस्पर्धी हुन सक्दैनन् कि भन्ने चिन्ताको प्रश्न आम अभिभावकमा छ । बरु, ऋणै गरेर भएपनि सर्वसाधारणहरु समेत आफ्ना सन्तानलाई बोर्डिङ स्कूलमा पढाउन हौसिन्छन् । तर, कैयौं सरकारी विद्यालय पनि निजी भन्दा अब्बल छन् भन्ने तथ्य भने कमै मात्र अभिभावकले बुझेका छन् । पछिल्लो दिनमा सरकारी विद्यँलयहरु पनि सुधारोन्मुख र स्तरोन्नतिको बाटोमा रहेका छन् ।

ललितपुरको पुलचोकमा त्रि–पद्म विद्याश्रम माध्यामिक विद्यालय छ । देशका कति उच्च पदस्थ व्यक्तित्वहरु यही विद्यालयले जन्माएको बताउ“छन् विद्यँलयका शिक्षक सानुलाल महर्जन । निजीको तुलनामा त्रि–पद्म प्रतिस्पर्धी र स्तरीय रहेको दाबी छ शिक्षक महर्जनको । भौतिक संरचना र अनुभवी शिक्षकका कारण निजीभन्दा उत्कृष्ट नै भएपनि सरकारी विद्यँलयहरुको प्रचारप्रसार हु“दैन । तर कतिपय बोर्डिङ स्कूलले भने नया“ शैक्षिक सत्र २०७७ को भर्नाका लागि अहिले देखि नै पर्चा, पम्पलेट्हरु टा“स्न थालिसकेका छन् । यसका साथै भूकम्पीय जोखिमबाट बच्ने र बचाउने तालिम पनि यस विद्यालयले विद्यार्थीहरुलाई दिईसकेका कारण आफूहरु ढुक्क रहेको पनि महर्जनले बताए । सिविन जस्ता बालमैत्री संघ, संस्थारुले पनि बालबालिकाको उच्चतम हितका लागि सरकारी विद्यालयहरुस“ग समन्वय गरिरहेको छ । कुनै पनि बेला आईपरेको आपतकालीन अवस्थामा निजीभन्दा सरकारी विद्यँलयहरुस“ग आफूहरुले सहकार्य गर्ने गरेको उनीहरुको भनाई छ । यसर्थ पनि सरकारी विद्यालय र यसका उत्पादनहरु बहुआयामिक र व्यवहारिक हुन्छन् ।

प्राविधिक शिक्षा तथा रोजगारस“ग जोडिएका शिक्षालाई सरकारी विद्यँलयमा जोड्न थालिएको छ । यसस“गै विद्यँर्थीहरुको अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन दिदै सिर्जनशील र उत्पादनमुखी बनाउन सरकारी विद्यालयहरुले अभ्यास गरिरहेका छन । उपत्यकामा जल्दोबल्दो रुपमा उठीरहेको स्मार्ट सिटि सम्बन्धित विषयमा आफ्ना प्रतिभाहरु प्रस्तुत गरिरहेका यी विद्यार्थीहरुबाट थाहा हुन्छ, सरकारी विद्यँलयमा समयसापेक्ष पाठ्यक्रमको अध्ययन भईरहेको छ र विद्यार्थीहरु पनि प्रतिस्पर्धी बन्दैछन् । यसैगरी, कला र सिर्जनामा पनि उनीहरु अब्बल बन्दैछन् ।त्यसो त सामुदायिक विद्यालयहरुको स्तर विकासका लागि सरकारले अर्बौ बजेट खन्याइरहेको छ । अधिकांश विद्यालयको नतिजा कमजोर हुंदा अभिभावकले फेरि पनि महंगो निजी स्कुलमै छोराछोरी पठाउन बाध्य बन्छन् । यसैले, समग्र आम नागरिकको लाभका लागि सरकारी विद्यँलयको स्तरोन्नती हुन आवश्यक छ । यसै पनि शिक्षा सर्वसाधारणको मौलिक अधिकारको विषय पनि हो । यसको सुनिश्चितताका साथै आर्थिक विकासलाई ध्यानमा राखी उत्पादनमुखी शिक्षा क्षेत्रका लागि सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group