ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली प्रहार


admin
१५ माघ २०७६, बुधबार   ३ : ५१   बजे

मकवानपुर,१५ माघ । मकवानपुर प्रहरीले गोली प्रहार गरेर लागुऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । बिआर ०६ जे ४४५८ नंको भारतीय कारमा लागुऔषध गाँजा लैजाँदै गरेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कार चालक भारत मुजफ्फपुरका ३५ वर्षीय सञ्जीत पासवान, सोही स्थानका ३५ वर्षीया अजैमल हवारी र ४५ वर्षीय जाहेरा खातुन रहेका छन् ।

प्रहरीका अनुसार भारतीय कारमा गाँजा बोकेका उनीहरुलाई मकवानपुरको मनहरीमा प्रहरीले जाँज गर्न खोज्दा भागेका थिए । जाँचका क्रममा कार भगाएको सूचनाका आधारमा नेवारपानीमा रहेको प्रहरी चौकीले उक्त कार रोक्नखोज्दा पनि नरोकी चेकजाँजमा खटिएका प्रहरीलाई समेत ठक्कर दिन खोजी त्यहाँबाट समेत भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौर बताउनुहुन्छ । उहाँका अनुसार त्यसपछि उनीहरुलाई लेवट प्रहरी चौकीले रोक्ने प्रयास गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेकिङ पोइन्ट बनाएर उक्त गाडीलाई रोक्न खोज्दासमेत नरोकेपछि प्रहरीले गोली चलाएको हो । “उनीहरुलाई पिछा गर्दै हवाई फायर गर्दा पनि नियन्त्रणमा लिन गाह्रो भएको थियो, यसरी पटक पटक प्रहरी चेकिङ तोडेर भागेपछि हामीले गाडीमा लागुऔषध मात्रै नभएर गम्भीर खालको विस्फोटक पदार्थ वा अन्य कुनै खतरनाक चीजबिज रहेको हुन सक्ने ठानी रोक्ने प्रयास ग¥यौँ तर गाडी रोकिएन त्यसपछि गाडीको पाङ्ग्रामा गोली प्रहार गरेर टायर पन्चर गराएर नियन्त्रणमा लियौँ”, राठौरले भन्नुभयो ।

प्रहरीले उक्त गाडीलाई पूर्व–पश्चिम राजमार्गको मनहरीमै रोक्न खोजेको भए पनि झण्डै ३० किलोमिटर टाढा थानाभ¥याङमा रोक्न सकेको हो । प्रहरीका अनुसार कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ पोकामा लुकाइराखेको ३२ किलो गाँजा बरामद गरिएको छ ।यसैबीच गाँजा तस्करलाई नियन्त्रणमा लिएर फर्कंदै गरेको प्रहरीको गाडी दुर्घटनामा परेको छ । काँकडभिट्टा–धनगढी चल्ने ना५ख ५५८२ नंको यात्रुवाहक बसले ना१झ १४१७ नंको प्रहरीको गाडीलार्ई ठक्कर दिँदा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित छ जना घाइते भएका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । दुर्घटनामा गाँजा तस्करीमा संलग्न महिला खातुनसमेत घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group