ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाल यौन शोषण : ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक


admin
१५ माघ २०७६, बुधबार   ४ : ३०   बजे

काठमाडौं, १५ माघ । बाल यौन शोषण र दुव्र्यवहारलाई लिएर ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६.४ अङ्क प्राप्त गर्दै नेपाल ६० देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एशिया क्षेत्रमा बङ्गलादेश (३५.३) र पाकिस्तान (२८.६) भन्दा माथि तर भारत (५८.२) र श्रीलङ्का (५१.५) रहेका छन् ।
बालबालिकाको यौन शोषण अन्त्य गर्ने प्रतिबद्धताका साथ विश्वका ९७ देशमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिपिएटी, बालअधिकारका लागि नेपालमा पैरवी गर्दै आएको संस्था सिविन, महिला बेचबिखन रोकथाममा क्रियाशील संस्था माइती नेपाल र शक्ति समूहले आज ललितपुरमा उक्त प्रतिवेदनमा छलफल गरी नेपाल सरकारले बालबालिकालाई यौन शोषणबाट मुक्त गर्न आवश्यक ऐनकानुन अविलम्ब ल्याउनुपर्नेमा जोड दिएका छन् । बाल यौन शोषण र दुव्र्यवहारसम्बन्धी राष्ट्रिय नीतिगत खाका बन्नुपर्ने, अपराध नियन्त्रण प्रयासमा अवरोध गर्नेलाई कडा कानूनी कारवाही हुनुपर्ने आवश्यकता औँल्याउँदै बालबालिका ओसारपसार र अनलाइन दुव्र्यवहार तथा शोषणको अन्त्यका लागि राष्ट्रिय नीति तर्जुमा र त्यसको कार्यान्वयन अपरिहार्य भएको उनीहरुले बताए ।
राष्ट्रहरुले बाल यौन शोषण र दुव्र्यवहार कसरी सम्बोधन गरिरहेको छ भन्ने कुरा आर्थिक बुद्धिमत्ता इकाइले तयार पारेको आउट अफ द श्याडो सूचकाङ्कले मापन गर्दछ । प्रतिवेदनले सरकार, निजी क्षेत्र र नागरिक समाजले बालबालिकालाई यौन हिंसाबाट सुरक्षित राख्न र संयुक्त राष्ट्र सङ्घीय र दिगो विकास लक्ष्य १६.२ का हकमा आफ्ना प्रतिबद्धता पूरा गर्न अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औँल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu