ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ– मुख्यमन्त्री पौडेल


admin
१६ माघ २०७६, बिहिबार   ४ : ५८   बजे

 

काठमाडौं, १६ माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासका अनेकौँ चुनौतिपूर्ण क्षणको सामना गर्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित सभामा मुख्यमन्त्री पौडेलले लोकतन्त्र, समानता तथा सामाजिक न्यायका लागि भएका आन्दोलनमा आफ्नो निजी आकाङ्क्षालाई तिलाञ्जलि दिँदै अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्ने महान शहीदलाई सम्मान गर्दै शहीदको त्याग र योगदानको चर्चा परिचर्चा तथा उनीहरुको सपना पूरा गर्ने सङ्कल्पका साथ उपस्थित भएको बताउनुभयो । उहाँले अधिकार प्राप्तिका लागि विसं १९९७ देखि हालसम्मका सम्पूर्ण जनसङ्घर्षमा शहादत प्राप्त गरेका शहीदप्रति हार्दिक सम्मान एवं श्रदासुमन व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले देश वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली जनताको बलमा निरङ्कुश एवं स्वेच्छाचारी शक्तिलाई घुँडा टेकाउँदै व्यवस्था परिवर्तनको आन्दोलनलाई गन्तव्यमा पु¥याएको उल्लेख गर्नुभयो । अधिकारका मुद्दालाई संविधानमा लिपिबद्ध गरेको तथा सम्बोधन गरेको भन्दै पौडेलले हामीले खोजेको व्यवस्थाअन्तर्गत हामीले हाम्रो प्रतिनिधिमार्फत लेखेको संविधानबाट शासन व्यवस्था सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले शहीदले देखाएको सत्य र न्यायको बाटोमा अविराम लाग्ने प्रतिबद्धता व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group