ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिष्ठानद्वारा गरियो १४१ शहीदका परिवारलाई सम्मान


admin
१६ माघ २०७६, बिहिबार   ८ : ४३   बजे

काठमाडौं, १६ माघ । शहीद प्रतिष्ठान पाँचथरले जिल्लाका शहीद परिवारलाई सम्मान गरेको छ । प्रतिष्ठानले जिल्लाका स्थानीय तह स्तरमा सम्मान कार्यक्रमको आयोजना गर्दै शहीद परिवारलाई सम्मान गरेको हो । प्रतिष्ठानले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न आदोलनहरुमा ज्यान गुमाउनेका परिवारलाई सम्मान गरेको हो । फिदिम नगरपालिकासहित सात वटा गाउँपालिकामा विभिन्न आन्दोलनमा ज्यान गुमाएका १४१ जना शहीदका परिवारलाई सम्मान गरिएको शहीद प्रतिष्ठान पाँचथरका अध्यक्ष विशाल रसाइलीले बताउनुभयो ।

शहीदहरुको आधिकारिक विवरण नभएका कारण परिवर्तनको आन्दोलनमा ज्यान गुमाउने सबैका परिवारलाई शहीद स्वरुप सम्मान गरिएको रसाइलीले बताउनुभयो । जिल्लामा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीका कार्यकर्ता तथा समर्थक मात्रै १५८ जनाको ज्यान गएको थियो । यद्यपी उनीहरुमध्ये १४० जनाको मात्रै आधिकारिक विवरण प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । माओवादीतर्फ सशस्त्र द्वन्द्वमा यहाँको फालेलुङ गाउँपालिकाबाट सबैभन्दा बढी ५६ जनाको ज्यान गएको थियो । प्रतिष्ठानले आगामी दिनमा प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि हालसम्मका सबै आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई शहीद परिवारको रुपमा पहिचान गरी सम्मान गर्ने तथा ब्यवस्थित अभिलेख तयार पार्ने जनाएको छ ।

प्रतिष्ठानले सम्मान गरेपछि यहाँका स्थानीय तह जनप्रतिनिधिले समेत शहीद परिवारलाई सम्मान गर्ने तथा उहाँहरुका लागि विशेष कार्यक्रम तय गर्ने बताएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानप्रसाद लिङ्देनले भन्नुभयो “हामी हाम्रै स्थानीय तहमा रहनुभएका शहीद परिवारबारे बेखवर थियौँ । उहाँहरुको पहिचान एवं सम्मानका लागि शहीद प्रतिष्ठानले ठूलो पाठ सिकाएको छ ।” लिङ्देनले आगामी दिनमा आफ्नो गाउँपालिकामा रहेका शहीद परिवारलाई विशेष सम्मान गरिने बताउनुभयो । याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले शहीद परिवारको सम्मानका लागि विशेष कार्यक्रम नै अघि बढाउने उल्लेख गर्नुभयो ।

शहीद दिवसको अवसरमा प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा आज फिदिममा शहीद दिवस समेत मनाइएको छ । कार्यक्रममा विभिन्न आन्दोलनमा ज्यान गुमाउने शहीदहरुको तस्वीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली अपर्ण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले सबै आन्दोलनमा ज्यान गुमाउने योद्धाहरुको स्मरण र उनीहरुका परिवारलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले शहीद परिवारको भरणपोषणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न जिल्ला स्थानीय तहलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group