ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिर सरकारका लागि वामगठबन्धन


sharan sharan
६ मंसिर २०७४, बुधबार   ८ : ३१   बजे

बुटवल, ६ मंसिर
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसगै दलहरुले आफनो चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् । लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच कडा प्रतिष्पधा हुने भनिएको आसन्न निर्वाचनमा आफनो पक्षमा मत पार्नका लागि बाम गठबन्धनले मुलुकका १४ स्थानमा चुनावी सभा गर्ने भएको छ । बाम गठबन्धनले बुधबार बुटवलमा चुनावी सभा गर्दै विकास र स्थिर सरकारका लागि बाम गठबन्धन नै जनताको एक मात्र पार्टी भएको दावी गरेको छ ।
बामपन्थीहरुको चुनावी तालमेललाई स्वागत गर्दै मंसिर २१ गतेलाई कुरेर बसेका रुपन्देहीबासी बुधबार बुटवलमा भएको चुनावी सभामा उत्साह र उमंगका साथ उपस्थिति जनाए । खुल्ला र फराकिलो ठाउ“को रुपमा लिइएको बुटवलको ट्राफिक चोकमा बाम गठबन्धनका हजारौ नेता, कार्यकर्ता सहभागी थिए । सहभागी देख्दा लाग्थ्यो त्यहा“ कुनै मेला लागेको छ।

तर त्यहा मेला लागेको थिएन, त्यहा“ त बाम गठबन्धनको चुनावी सभा मात्र थियो । देशभर निर्वाचनको माहोल तातिरहेका बेला बाम गठबन्धनले आफनो पक्षमा मत पार्नका लागि मुलुकका मुख्य मुख्य शहरमा चुनावी सभा गर्दै आएको छ । मुलुकका १४ स्थानमा चुनावी सभा गर्ने घोषणा गरेको बाम गठबन्धनले बुधबार रुपन्देही जिल्लाको बुटवलमा सभा गरेको हो । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको रक्षाका लागि बाम गठबन्धनको स्थायी सरकार बन्नुपर्ने बताए । उनले अबको ५ वर्षसम्म बाम गठबन्धनको सरकार बन्ने र देशले मुहार फेर्ने उल्लेख गरे ।
२०४६ सालको आन्दोलनमा एमाले एक्लै लडेर मुलुकमा लोकतन्त्र ल्याएको दावी गर्दै कागे्रसका सभापति शेरवहादुर देउवा लण्डनको गल्लीमा लुक्न गएको आरोप लगाए । बृद्धबृद्धलाई बृद्धभत्ता दिने नीति ल्याएर बृद्धबृद्धाको सम्मान गर्ने पार्टी नै एमाले भएको दावी गर्दै ६० वर्ष माथिका वृद्धलाई गोली हानेर मार्छ भन्ने भ्रम छरेर का“गे्रसले जनतालाई त्रसित पारेको बताए ।
सभामा भएको उपस्थितिले नेता ओली निकै उत्साहित देखिएका थिए । संयुक्त सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले आसन्न निर्वाचन सामान्य नभई भविष्य निर्धारण गर्ने निर्वाचन भएकाले बाम गठबन्धनको सरकार आवश्यक रहेको बताए ।
उनले राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने बामपन्थी नै भएको दावी गर्दै समाजवादी गणतन्त्र स्थापनाका लागि बाम गठबन्धनको विकल्प नभएको उल्लेख गरे । बामपन्थी एकतालाई रोक्ने दुष्प्रयास भइरहेको भन्दै थापालले समाजवादको अपरिहार्यताका लागि बाम एकता आवश्यक रहेको र एकतालाई कसैले रोक्न नसक्ने जिकिर गरे ।
उनले अहिलेसम्म गैरबामपन्थीहरुले शासन चलाएकाले नेपालको विकास नभएको भन्दै विकास र आर्थिक समृद्धिका लागि बामपन्थीहरुको सरकार बन्नुपर्ने उल्लेख गरे । बुटवल यसै पनि वामपन्थीहरुको बर्चश्व रहेको स्थानकारुपमा लिने गरिएको छ । बिगत दोस्रो संविधानसभामा होस् वा स्थानीयतहको निर्वाचनमा बुटवल र यस आसपासका स्थानीयतहमा वामपन्थीहरुको सफलता नै देखिएको छ । बुधबार बुटवलमा देखिएको जनउपस्थितिले पनि आसन्न निर्वाचनमा वामगठबन्धनले सजिलै बिजयी हासिल गर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

चिनियाँ कार उद्योगको विदेशमा आक्रामक विस्तार, घरेलु बजारमा भने बिक्री सुस्त

एआईले ट्राफिक व्यवस्थापनदेखि सवारी सुरक्षासम्म परिवर्तन ल्याउन सक्छ : सूर्यांश वैद्य

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्विरोध निर्वाचित

कांग्रेसको आर्थिक नीति समयानुकूल परिमार्जन गर्न डा. महतको प्रस्ताव

मुक्तिनाथमा भक्तजनले चढाएको भेटी ११ करोड ७६ लाखभन्दा बढी

प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu