ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश सुशासनको बाटोमा रहेका बेला जनतालाई निराश बनाउने गर्नुहुदैन : प्रधानमन्त्री ओली


एबीसी न्यूज
१७ माघ २०७६, शुक्रबार   २ : २३   बजे


काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्ने बताउनु भएको छ । उहाले शुक्रबार नेपाल टेलिभिजनको इटहरी च्यानलको औपचारिक सुभारम्भ गर्दै सञ्चार माध्यमले निराशा फैलाउने र अरुलाई हानी पुर्‍याउने काम गर्न नहुने बताउनुभएको हो ।

‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान पनि हुनुपर्छ’ ‘अरुलाई दुख दिएर, मानहानी गरेर, तेजोबध गरेर, अरुको वैयक्तिक, पारिवारिक, सामाजिक हैसियतमा क्षति पुर्‍याएर देश समृद्ध हुने होइन ।’ उहाले भन्नुभयो ।

प्रधानमन्त्रीले देश सुशासनको बाटोमा रहेका बेला जनतालाई निराश बनाउन नहुने धारणा राख्नुभयो । ‘यस्तो बेलामा हामीले जनतामा नराम्रो कुरा मात्र पस्किने, निराशातिर जनतालाई धकेल्ने होइन, आशावादिता जगाउने, आत्मविश्वास जगाउने काम गर्न जरुरी छ’ उहाले भन्नुभयो । सरकारले विगत दुई वर्षमा धेरै महत्वपूर्ण काम गरेको भन्दै प्रधानमन्त्री ओलीले यो कुरा जनतामा सुसूचित गर्ने जिम्मेवारी सञ्चार क्षेत्रकै समेत बताउनुभयो । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न अग्रहपनि गर्नुभयो ।

‘कतिले लोकतन्त्र संकुचित गर्न खोजेको, कतिले देशलाई तानाशाहीतर्फ लैजान खोजेको, कतिले प्रेसलाई अधिकारबाट सीमित गर्न खोजेको, वाक स्वतन्त्रता कुण्ठित गर्न खोजेको निरर्थक चर्चा परिचर्चा गरेका छन्’ ‘पूर्ण प्रेस स्वतन्त्रताका लागि सधैं चिन्तित छौं । सरकार त्यसप्रति प्रतिवद्ध छ ।’ उहाले भन्नुभयो ।

आफूहरु लोकतन्त्रका लागि लडेको भन्दै उहाले अनुशासित र अधिकार सम्पन्न व्यवस्था आफूहरुको चाहना भएको बताउनुभयो। सरकारले अधिकारमा कुनै बन्देज र सीमित नगर्ने भन्दै प्रधानमन्त्री ओलीले आफूहरुले संविधान र कानूनको बाटो हिँडाउन मात्र खोजेको जिकिर गर्नुभयो । संसदमा विचाराधीन सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयक हिउँदे अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group